२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घरजग्गा र विहे नभएको म राजनीतिक सन्यासी हुँ, प्रदुषित राजनीति सफा गर्छु : गृहमन्त्री श्रेष्ठ

२०८०, १ बैशाख शुक्रबार ११:००

बैशाख १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठुलो महत्वको बिषय त हो । तर, त्यो नै पर्याप्त छैन । राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वहरुले नेतृत्व गर्नुपर्छ । र आजको प्रदुषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रुपमा तुलना गरे ।

उनले भने, ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो । राजनीति चाहिँ फोहोरिहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने हुँदैन । मेरो विचार म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईंहरु सबैलाई थाहा छ म विवाहित पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै