Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकोटमा बैठक बोलाएर प्रधानमन्त्री आफैं गएनन्, सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

२०८०, ३ बैशाख आईतवार ०७:२३

बैशाख ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष तीन दलको बैठकमा आफैँ अनुपस्थित भएका छन्। बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन्।

प्रधानमन्त्री आफैंले बालकोटमा ९ बजेको लागि बैठक बन्ने तय भएपनि अन्तिम समयमा विभिन्न बहाना देखाएर अनुपस्थित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले बताए।

उनले भने, ‘टिआरसी विधेयक, संयुक्त समिति निर्माणका बिषयमा छलफल गरेर जाने भन्ने कुरा थियो। अहिलेसम्म संघीय संसदको संयुक्त समिति नै बन्न सकेको छैन। सुनुवाई समिति, प्रधानन्यायाधिक नियुक्ति पनि संसदीय समिति नभएकै कारणले रोकिएको छ। त्यसबारे छलफल गर्न प्रधानमन्त्री स्वम्ले बालकोटामा बैठक बोलाउनुभएको थियो।’

९ बजेका लागि बैठकका लागि एमालेको तर्फबाट प्रतिनिधि र सभामुख देवराज घिमिरे पनि बालकोट पुगिसकेपछि ९ः२० तिर प्रधानमन्त्रीले बैठकमा आउन नसक्ने जवाफ पठाएको उनले बताए। प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा पनि नआएपछि आफूहरु बालकोटबाट निस्किएको उनले बताए।

संसदको २१/२२ वटा बैठक बस्दापनि अहिलेसम्म बिषयगत समिति बनाउन नसकेकोप्रति आपत्ति जनाए। उनले भने, ‘यतिका बैठक बसिसक्यो न संसदले विजनेश पाएको छ। नत बिषयगत समिति नै बन्न सकेका छन्। विधेयकहरु छलफलका लागि टेबुल भएर चाङ लगाइसकेको छ। तर, बिषयगत समितिमा छलफल हुने वातावरण बनेको छैन।’

उनले संवैधानिक नियुक्तिलाई पनि अगाडि बढाउन आवश्यक भएपनि सरकारले चासो नदिएको आरोप लगाए। उनले भने, ‘हामी प्रतिपक्ष सबै हिसाबले छलफल गरेर जाऔं भन्नेमा तयार छौं। तर, सरकारपक्ष आलटाल गरिरहेको छ। उनी उहाँहरुनै प्रतिपक्ष तयार छैन भन्दै हिँड्नुहुन्छ। सत्तापक्षकै कारणले मुलुकमा तत्काल टुंग्याउनुपर्ने बिषयमा छलफल हुन नसक्नु दुर्भाग्य बनेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै