२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : यो व्यवस्था उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ?

२०८०, ३ बैशाख आईतवार ०८:०१

बैशाख ३, काठमाडौँ | नेकपा एमालेका नेता ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले सोधे, ‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’

संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेले बताए । ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्‍यो सदनलाई जानकारी गराउनुपर्छ’ उनले भने ।

उनले अगाडि सोधे, ‘कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो ?’ सांसद गैरेले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै