असोज ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लाहरुलाई टुक्र्याउँन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लाहरुलाई टुक्र्याउँन"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ नम्बर प्रदेशलाई तलमाथि गरे निर्णायक लडाई लड्छौं: रायमाझी

२०७३, ८ आश्विन शनिबार १०:४१

असोज ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लाहरुलाई टुक्र्याउँने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने,‘७ प्रदेशको टुँगो लागिसकेको छ, संविधानमा हाम्रा पनि केही रिजर्भेसनहरु थिए, तर सिमांकनको सामान्य हेरफेर बाहेक पहिल्यै मिलेर बसेका जिल्लाहरु टुक्र्याउने काम भयो भने हामी अर्को निर्णायक आन्दोलनमा उत्रिन्छौं ।’

साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने,‘प्रदेश सिमांकन मिलाउने नाममा पहिल्यै मिलेर बसेका जिल्लाहरुलाई अलग बनाएर क्षत विक्षत बनाउने काम भए कसैले मान्दैन, हामी अर्को निर्णाय लडाई लड्छौं ।’ उनले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताउँदै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाई लड्ने चेतावनी दिए ।

विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उनको आरोप छ । रायमाझीले अघि थपे,‘भुईँको टिप्न खोज्दा, गोजीको खस्ला त्यतापट्टि सोच्नुपर्छ ।’ उनले आन्दोलन गरेरमात्रै सबै कुरा पाउने भए आफूहरुलाई पनि संविधानमा चित्त नबुझेको बताउँदै भने,‘अरे, सबै कुरा आन्दोलन गरेरमात्रै हुने हो भने हाम्रा माग र विचारहरु पनि संविधानमा समेटिनुपर्छ ।’ रायमाझीले प्रश्न गरे,‘मधेशवादी दलको मात्रै किन ? हाम्रोपनि विषयमा संविधान संशोधन हुनुपर्छ ।’’

विवादित जिल्लाहरु झापा, मोरङ्, सुनसरी, कैलाली, कञ्चनपुरमा हात हाल्न नसक्ने अनि मिलेर बसेका जिल्लाहरुमा हात हाल्ने काम भए आफूहरु कुनै हालतमा नमान्ने बरु सशक्त आन्दोलनमा उत्रिने रायमाझीले चूनौति दिए । उनले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै संविधान संशोधनको लागि दुई तिहाई चाहिने भएकाले प्रमुख दलहरुवीच सहमति अनिवार्य आवश्यक रहेको बताए ।

उनले आक्रोश पोखे,‘हैसियत सानो छ नि ठूलो कुरा गर्ने ?’ अहिले बजारमा आईरहेको यस्ता हल्लाले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भैरहेको रायमाझीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने