असोज ८, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत् मधेसका मुद्दाको सम्बोधन हुने बताएका छन् ।

उनले संविधानका केही बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत् मधेसका मुद्दाको सम्बोधन हुने बताएका छन् ।

उनले संविधानका केही बु"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत अफवाह फैलाइयो: उपप्रधानमन्त्री निधि

८ आश्विन २०७३, शनिबार १२:३२

असोज ८, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत् मधेसका मुद्दाको सम्बोधन हुने बताएका छन् ।

उनले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने बताउँदै संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसमेत सहमत हुने बताए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला धनुषाको तीनदिने भ्रमणमा शनिबार जनकपुर आइपुगेका उपप्रधानमन्त्री निधिले जनकपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेलेसमेत संविधान परिवर्तनीय र संशोधनीय हुने कुरालाई स्वीकार गरिसकेकाले संशोधन प्रक्रियामा एमालेकोसमेत सहभागिता रहने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री निधिले निर्धारित् समयमै स्थानीय चुनाव हुने उल्लेख गर्दै सीमांकनसम्बन्धी संवैधानिक आयोगको बुझाइसँग फरक मत रहेकाले ती जम्मै पृथक धारणालाई एकठाउँमा ल्याएर सर्वस्वीकार्य हुने किसिमको सीमांकनका आधारमा स्थानीय निर्वाचन चैत मसान्तभित्र नै गराउने सरकारको तयारी रहेको प्रस्ट जनाए ।

हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने सरकारको प्रस्ताव रहेको भन्ने विभिन्न सन्चारमाध्यममा आएका समाचार गलत र भ्रामक रहेको भन्दै यस विषयमा आफूले त्यस्तो अभिव्यक्ति नदिएकोसमेत बताए ।

उनले नेपाली सरकारी कामकाजको भाषा रहेको देशमा बोलिने अरु भाषालाईसमेत संविधानको अनुसूचीमा राख्ने सन्दर्भमा आफूले राखेको प्रस्ट्याए । सन्चारकर्मीको एक जिज्ञासाको उत्तरमा गृहमन्त्री निधिले आफू र प्रहरी प्रमुखबीच सम्बन्ध बिग्रेकोबारे गलत अफवाह फैलाइएको भन्दै प्रहरी प्रमुखसँग सम्बन्ध समधुर रहेको स्पस्ट पारे ।

शनिबार बुद्ध एअरको विमानबाट जनकपुर आइपुगेका निधिलाई विमानस्थलमा हजारौंको संख्यामा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, सरकारी अधिकारी तथा कर्मचारीलगायतले फूलमालाले स्वागत् गरेका थिए ।

उपप्रधान एवं गृहमन्त्री निधि शनिबारै नेपाली कांग्रेस, धनुषाद्वारा जनकपुरमा आयोजना हुने कार्यक्रममा अभिनन्दन ग्रहण गर्नेछन् भने शनिबारै जनकपुर उद्योग वाणिज्य संघको ५०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्री निधिको जनकपुर आगमनसँगै जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य