Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जहाज उडाइरहेको समयमा पाइलट निलम्बन गरेपछि निगमका कार्यकारी अध्यक्षलाई सोधियो स्पष्टीकरण

२०८०, ४ बैशाख सोमबार ०९:१५

बैशाख ४, काठमाडौँ | नेपाल वायुसेवा निगमको न्यारोबडी विमान गत मंगलबार हङकङबाट काठमाडौं आउँदै थियो । १ सय ३० जना यात्रु राखेर हङकङबाट बेलुकीपख उडेको आरए–४१० उडान नम्बरको न्यारोबडी विमानको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि रुट थियो चीन, बर्मा, बंगलादेश, भारत हुँदै नेपाल । विमान उडाइरहेका थिए क्याप्टेन रविन्द्र शेरचन र कोपाइलट प्रचण्ड खड्का ।

३४ हजार फिटमाथि उडिरहेको जहाजका क्याप्टेन रविन्द्र शेरचनलाई यता काठमाडौंमा निगमले निलम्बन गर्‍यो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन शेरचनलाई मंगलबार बेलुकी ७ बजेर ८ मिनेटमा एउटा इमेल पठाए, जसमा उनलाई ‘अनिश्चितकालका लागि निलम्बन गरिएको’ लेखिएको थियो ।


अध्यक्ष अधिकारीले चैत १८ गते काठमाडौंबाट दुबई उड्नुपर्ने वाइडबडी विमानमा कोपाइलट अभावपछि अर्को जगेडा कोपाइलट व्यवस्थापन गर्न नसकेको कारण देखाउँदै शेरचनलाई निलम्बनको पत्र इमेलबाट पठाएका थिए । ककपिट तथा क्याबिन क्रुको अपरेसन विभागको जिम्मेवारीसमेत लिएका शेरचनलाई अध्यक्षले दुबई उडान रद्द हुनुको कारणबारे अध्ययन गर्न गठन गरिएको उपसमितिको प्रारम्भिक प्रतिवेदनको हवाला दिँदै थप जाँचबुझ गर्नुपर्ने देखिएकाले निगमको कर्मचारी सेवा सर्तसम्बन्धी विनियममा टेकेर तत्कालै लागू हुने गरी निलम्बन गरेका थिए ।

क्याप्टेन शेरचनले ५ घन्टापछि मंगलबार राति १ बजेर २१ मिनेटमा जब जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि मात्र निलम्बनमा परेको जानकारी पाए ।

यसै विषयमा आइतबार नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले उक्त उडानको प्रमुख वायुयान चालक (पाइलट इन कमान्ड) लाई निलम्बन गर्दा उडानमै रहेकाले उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा निगमका अध्यक्षले राख्न नसकेको भनेको छ । प्राधिकरणले यसरी उडिरहेको क्याप्टेनलाई निलम्बन गर्दा उक्त उडानमै प्रश्न गर्न सकिने भनी तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

यसैबीच प्राधिकरणले निगमको एकाउन्टेबल म्यानेजरका हैसियतले कार्यकारी अध्यक्षलाई दायित्व पूरा गर्न नसकेको भनी योसहित तीनवटा विषयमा तीन दिनभित्र आधार खुलाई स्पष्ट पार्न भनेको छ ।

अधिकारीलाई फागुन २४ गते र्‍याम्प जाकेट र परिचयपत्र नलगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरसाइडमा पुगेको विषयमा सुरक्षा कक्षा लिई चैत २० गते 'एक साताभित्र प्रमाणपत्र पेस गर्न भनेकोमा हालसम्म किन नगरेको ?' भनी पुनः स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, क्याप्टेन उद्धव घिमिरेलाई अपरेसन विभागको निर्देशकमा ‘फ्लाइट अपरेसन्स रिक्वाइर्मेन्ट एरोप्लेन’ को प्रावधान उल्लंघन गरी नियुक्ति दिइएकाले स्पष्ट पार्न भनेको छ ।

प्राधिकरणले स्पष्टीकरण कानुनसम्मत नभए अध्यक्ष अधिकारीलाई नियमनकारी निकायले दिएको ‘एकाउन्टेबल म्यानेजर’ पद हटाउन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै