असोज ८, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताएका "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान नमान्नेलाई राज्यले कारबाही गर्नुपर्छ: गौतम

२०७३, ८ आश्विन शनिबार १२:५७

असोज ८, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताएका छन् । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्ने बताए ।

“नेपालको संविधान सबैले मान्नुपर्दछ”, उनले भने– “संविधानका बारेमा एकदिन दुईदिन फरक धारणा राख्न सकिए तापनि संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्दछ।” उनले संविधान जारी भइसकेपछि कार्यान्वयन भइसकेको उल्लेख गर्दै सीमाङ्कनका सवालमा कुनै जिल्लाको सीमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले देशलाई विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै एमालेबिना संविधान संशोधन हुन नसक्ने ठोकुवा गरे । 

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप लगाए । केपी शर्मा ओली आफ्नो समर्थनमा नै पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको चर्चा गर्दै उनले पछिल्लो पटक नेकपा माओवादी केन्द्रसँग सरकारको गठबन्धन टिकाउने सवालमा भने ओलीसंग मतभेद भएको उल्लेख गरे ।

कार्यक्रममा सांसद हिराबहादुर केसी, धनबहादुर रायमाझीले संविधान कार्यान्वयनतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से