Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- न्यायपालिका कहिलेदेखि र कसको कारण नेतृत्वविहीन भयो ?

२०८०, ८ बैशाख शुक्रबार ०७:०७

वैशाख ८, काठमाडौं | प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्दा यसअघिका प्रधानन्यायाधीश कुन मितिबाट अवकाश भएको हो र के कारण भएको भनेर संवैधानिकरूपमा खुलाइनुपर्ने अडान लिएका छन् ।

यसअघि संवैधानिक परिषदको बैठकमा पनि विपक्षी दलका नेता ओलीले सिफारिसको निर्णय गर्दा प्रधानन्यायाधीश पद के कारणले रिक्त भएको हो भनेर खुलाउनुपर्ने संवैधानिक व्यवस्था सम्झाएका थिए ।

शुक्रबार प्रधानमन्त्रीसँग भएको छलफलमा पनि ओलीले सोही कुरा दोहोर्‍याएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नाजवाफ भएको स्रोतले जनाएको छ । दाहालसहितको सत्ता गठबन्धनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर डेढ वर्षदेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ ।

ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘डेढ वर्षदेखि के कारण अदालत नेतृत्वविहीन भयो ? प्रधानन्यायाधीश पद कहिलेदेखि के कारण रिक्त भयो ? तिथि मिति र कारण खुलाउनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँछु । तपाईँहरूलाई चित्त नबुझेपछि भोलि फेरि अर्कोलाई पनि महाअभियोग लगाएर यसैगरी अनिर्णयको बन्दी नबनाउने के ग्यारेन्टी छ ? पहिले कारण खुलाएर निर्णय लेख्नुपर्छ ।’

ओलीले महाअभियोग लगाएर किन ७ महिनासम्म छलफल गरिएन र प्रतिनिधिसभाको कार्यकाल सकिएपछि संसदका महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि पनि प्रधानन्यायाधीशलाई किन अदालत जान दिइएन भन्ने विषय समेत प्रष्ट हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनले महाअभियोग अर्को संसदमा पनि निरन्तर रहने भनेको स्मरण गराउँदै फेरि छलफल गराएर उक्त महाअभियोग टुंगो लगाउने हो कि स्वार्थ पूरा भएपछि त्यसै छाड्ने हो भन्ने प्रश्न गरेका छन् ।

सत्ता गठबन्धनले २०७८ फागुन १ गते राणामाथि महाअभियोग लगाएको थियो । तर, पारित गर्ने दुई तिहाई बहुमत नभएकाले राणालाई अदालतमा फर्किनबाट रोक्ने नियतले लामो समय छलफल नगराइएको थियो । ओलीले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो निर्देशन बमोजिम चलाउँने नियत राखेको भन्दै यस्ता विषयमा जनतालाई प्रष्ट पारिनुपर्ने बताएका छन् ।

राणा महाअभियोगपछि अदालत जान पाएनन् र मंसिर २६ गते अवकाश भइसकेका छन् ।

ओलीले न्यायपालिकामाथिको हस्तक्षेप रोक्न आफूले उठाएको विषयको समाधान हुनुपर्ने र राणा अनिवार्य अवकाशमा गएर पद रिक्त भएको हो कि,कहिलेदेखि भएको भन्ने विषय निर्णयमा उल्लेख हुनुपर्ने बताएका छन् । शेरबहादुर देउवा र प्रचण्डले पटक-पटक प्रधान न्यायाधीशहरूमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि हस्तक्षेप गरेको भन्दै ओलीले आफ्नो स्वार्थ नमिलेपछि अर्को प्रधानन्यायाधीशमाथि त्यस्तै हुन सक्ने भन्दै संवैधानिक परिषदको निर्णयमा प्रष्ट उल्लेख हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै