असोज ९, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग प्रधानमन्त्री प्रचण्डले कुरा मिलाएर भ्रष्टाचार आरोपबाट पन्छिन खोजेको भन्दै आज संसदमा एमाले-कांग्रेस संसदहरुले आपत्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग प्रधानमन्त्री प्रचण्डले कुरा मिलाएर भ्रष्टाचार आरोपबाट पन्छिन खोजेको भन्दै आज संसदमा एमाले-कांग्रेस संसदहरुले आपत्त"/>
२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई संसदमा प्रश्न – ‘ लोकमानसँग कुरा कसरी मिलेको हो ?’

२०७३, ९ आश्विन आईतवार ०८:५६

असोज ९, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग प्रधानमन्त्री प्रचण्डले कुरा मिलाएर भ्रष्टाचार आरोपबाट पन्छिन खोजेको भन्दै आज संसदमा एमाले-कांग्रेस संसदहरुले आपत्ति जनाएका छन् । 

व्यवस्थापिका संसदमा बोल्ने क्रममा कांग्रेस सांसद रामहरी खतिवडा, त्यस्तै एमाले सांसद पशुपति चौलागाई र रेवतीरमण भण्डारीले अख्तियार प्रकरणबारे सरकारले वास्तविकता जानकारी गराउनुपर्ने बताए । उनीहरुले प्रधानमन्त्री प्रचण्डले दिएको उक्त अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

एमाले सांसद चौलागाईले अख्तियारको फाइल अदालतले माग्दा हरायो भन्नु र पछि फेरि भेटियो भनेर पठाउने कामले शंका जन्माएको बताउँदै यस बारे सरकारले यथार्थ जानकारी दिनुपर्ने बताए ।

त्यस्तै कांग्रेस सांसद खतिवडाले शून्य समयमा बोल्दै प्रधानमन्त्रीले अख्तियार प्रमुखसँग सबै कुरा मिलिसक्यो भन्नुले प्रश्न उठाएको भन्दै सदनलाई जानकारी गराउनुपर्ने बताए । उनले भने – 'प्रधानमन्त्रीले कुरा मिल्यो भन्नुभएको छ । यो के हो, प्रष्ट होस् ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर