Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०८०, १५ बैशाख शुक्रबार १२:०५

वैशाख १५, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–सङ्गीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उहाँले सरकारले कला, संस्कृति, गीत–सङ्गीतलाई प्रोत्साहन गर्दै लगिएको बताउनुभयो ।

“कला, संस्कृति, गीत–सङ्गीत समाजको यथार्थतालाई अभिव्यक्ति गर्ने माध्याम हो, पुस्तान्तरणमा कला संस्कृतिको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो । समाजको विकासमा कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले म्युजिक अवार्ड विजेता कलाकारबाट समाजले आगामी दिनमा कला संस्कृति, गीतसङ्गीबारे धेरै कुरा सिक्ने विश्वास व्यक्त गर्नुभयो ।

म्युजिक अवार्ड वितरण समारोहका अध्यक्ष सुमन पण्डित ‘बैरागी’ले नेपाली गीत–सङ्गीत क्षेत्रलाई क्रियाशिल बनाउन म्युजिक खबर टिमले विगत एक दशकदेखि अवार्ड प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा म्युजिक खबर दीर्घ साधना सम्मान–२०७९ बाट वरिष्ठ गायीका तीर्थकुमारी थापा, दशकको स्रष्टा सम्मान गायक भोजराज काफ्ले, दशकको स्रष्टा सम्मान गायीका निशा देशार, सङ्गीत पत्रकारिता सम्मान वरिष्ठ रङ्गपत्रकार सानुकाजी श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै, म्युजिक खबर रेडियोकर्मी सम्मान रेडियोकर्मी चन्द्रमणि गौतम, डायस्पोरा सङ्गीत सम्मान गायक प्रेमराज महत, युवा प्रतिभा सङ्गीत सम्मान गायीका मनिषा पोखरेल, बालप्रतिभा प्रोत्साहन सम्मान गायीका आयुषा गौतम र सङ्गीत स्रष्टा सम्मान गीतकार राम अविरललाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ