२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भाँडा पसलकै चक्कुले निराको हत्या, घटनाको चारदिन पछि मात्रै झापा गए

२०८०, १७ बैशाख आईतवार ०९:०३

वैशाख १७, काठमाडौँ | काठमाडौंको सरस्वतीनगरमा वैशाख १० गते निरा आचार्यको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।

हत्या गरेर चारदिन काठमाडौंमा नै बसेका आरोपी विनोद विश्वकर्मा १२ गतेमात्रै झापा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका विकको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘निराको पसलमा म सामान किन्ने निहुँमा छिरेको थिएँ । त्यही बेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको हुँ । घटना वैशाख ७ गते घटेपछि १२ गतेसम्म काठमाडौंमा नै थिए । चारदिनपछि मात्रै झापा गएको हुँ ।’

निराको मुख थुनेर पसलमा रहेको चक्कु प्रहार गरी आफूले नै हत्या गरेको उनले स्वीकार गरेका छन् ।

यद्यपि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए । ती अधिकारीले भने, ‘अहिले झापाबाट आरोपीलाई हामी काठमाडौं ल्याउँदैछौँ । उनको प्रारम्भिक बयानबाट लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ । तर, हामी थप अनुसन्धानपछि मात्रै सबै कुरा भन्छौँ ।’

घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेको बताएका छन् । प्रहरीका अनुसार घटनास्थलमा मास्कबाहेक उनको लुगा पनि भेटिएको छ । सम्भावित सीसी टिभी फुटेज वा आफ्नो हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा एउटा र हत्या गरेर फर्किँदा अर्कै लुगा लगाएको अनुसन्धानमा संलग्न एक अधिकारीको आशंका छ ।

उनले सिक्रीसँगै केही नगद पैसा पनि लगेर गएको बुझिएको प्रहरीले जनाएको छ । सिक्री भने प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना