२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री भन्छन् : दोषी देखिए कोही पनि छुट्दैनन्

२०८०, २० बैशाख बुधबार ११:०८

बैशाख २०, काठमाडौँ |  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन् ।

नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् ।

गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारवाही गर्न निर्देशन दिएको बताए ।

‘मैले प्रहरी प्रशासनलाई भनेको कुरा के हो भने कोही पनि दोषी कुनै पनि घटनामा नछुटोस्, कुनै पनि निर्दोष अनावश्यक तानिने वा दुःख पाउने नहोस्’, संचारकर्मीसँगको कुराकानीमा श्रेष्ठले भने, ‘तर, दोषी छन् भने जोसुकै भए पनि कारबाही गर्नुपर्छ ।’

जिल्ला अदालत काठमाडौंले यो प्रकरणमा बुधबार एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यही प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईं प्रहरी हिरासतमा छन् । गृहमन्त्री श्रेष्ठले यो प्रकरणमा स्वच्छ अनुसन्धान हुने र कारवाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना