२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई महिनापछि प्रचण्ड-ओलीको एक्लाएक्लै भेटवार्ता : सिंहदरबारमा के भयो कुराकानी ?

२०८०, २१ बैशाख बिहीबार ०९:५०

बैशाख २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली सिंहदबार पुगेका थिए ।

ओलीसँग पछिल्ला राजनीतिक परिस्थितीबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले सिंहदरबारबाट बाहिरिने क्रममा भने, ‘अहिले देशको राजनीतिक परिस्थिति र नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरेका हौं ।’

यस्तै, एमाले अध्यक्ष ओलीले पनि पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताए । उनले प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीको सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा पनि ध्यानाकर्षण गराएको बताए ।

उनले सांसद रायमाझीलाई फसाउने खोजेको संकेत गर्दै त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । पुस १० गते बनेको सातदलीय गठबन्धन फागुन ११ मा भत्किएपछि दुई नेताहरूबीच पहिलो पटक एक्लाएक्लै भेटवार्ता भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना