२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महन्थ ठाकुरले श्रीमतीको नाममा भारतीय दूतावासबाट लिए ग्यास चुल्हो र सिलिन्डर

२०८०, २२ बैशाख शुक्रबार ०७:११

बैशाख २२, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले श्रीमती सुशीला ठाकुरको नाममा सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसन गठन गरी नेपालस्थित भारतीय दूतावासबाट ग्यास चुल्हो र सिलिन्डर लिएर आफ्नो चुनावी क्षेत्र महोत्तरीमा वितरण गर्ने भएका छन् ।

हिजो एक कार्यक्रमको आयोजना गरी भारतीय दूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो फाउन्डेसनका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर रहेकी छिन् । सम्झौता पत्रका फाउन्डेसनको तर्फबाट मिनाक्षी ठाकुरले हस्ताक्षर गरेकी छिन् ।

सम्झौता अनुसार दूतावासबाट प्राप्त ग्यास चुल्हो र सिलिण्डर महोत्तरी जिल्लाको पाँच वटा नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई वितरण गर्नेछ । दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धन उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख रहेको स्रोतले जनाएको छ । भारत सरकारले अघि सारेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो कार्यक्रम प्रेरित रहेको छ ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको पाँच करोड रुपियाँ अनुदान सहयोगमा महोत्तरी जिल्लामा एलपी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण हुने भारतीय दूतावासले जनाएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहु क्षेत्रीय सहकार्य रहेको दाबी गर्दै भारतीय दूतावासले यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दाबी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना