२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपाले २७ वैशाख पछि मात्रै मन्त्री पठाउने

२०८०, २४ बैशाख आईतवार ०६:३२

वैशाख २४, काठमाडौँ | जनता समाजवादी पार्टीले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा अझै सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले दुई मन्त्रालय पाएको थियो ।

तर, जसपाबाट अहिलेसम्म शिक्षा मन्त्रालयमा अशोक राईमात्र छन् । कतिपयले उपनिर्वाचनबाट निर्वाचित भएर आएका अध्यक्ष उपेन्द्र यादव नै सरकारमा जाने तयारी गरिरहेको बताइरहेका छन् । अब जसपाले भागमा वन मन्त्रालय बाँकी छ । आज कांग्रेसबाट महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा सुरेन्द्र आचार्यले शपथ लिएसँगै जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त हुन्छ ।

जसपा प्रवक्ता मनिष सुमनले पार्टीबाट सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवलाई नै दिइसकेको बताए । उनले २७ गते पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएकाले त्यसपछि मात्रै सरकारमा मन्त्री पठाउने सम्भावना रहेको पनि बताए । जसपाबाट सरकारमा जान राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । अब जसपाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाइसकेपछि मात्रै प्रचण्ड सरकारले पूर्णता पाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो