असोज १०, बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिमै स्थानीय निकायको निक्र्योल गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिमै स्थानीय निकायको निक्र्योल गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न स"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयभित्रै निर्वाचन गर्न सरकार प्रतिबद्ध: उपप्रम निधि

१० आश्विन २०७३, सोमबार ०७:१७

असोज १०, बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिमै स्थानीय निकायको निक्र्योल गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आज महोत्तरीको बर्दिबासमा प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको ‘सुशासनको सन्दर्भमा सेवा प्रवाह र सुधार’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले सुशासनको आधारभूत जग नै स्थानीय निकाय भएकाले सरकार समयमै निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा लागेको बताएका हुन् । 

अहिले संविधान कार्यान्वयनको पहिलो चरणमा संविधानलाई सर्वस्वीकार्य बनाउन मधेसवादी दलको असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधनको गृहकार्यमा सरकार लागिपरेको उनको भनाइ छ ।

यसका लागि प्रादेशिक सीमाङ्कन, भाषा, राष्ट्रिय सभाको गठन प्रक्रिया र अङ्गीकृत नागरिकताबारे संविधानमा थप स्पष्ट पार्न मधेसवादी दल र अन्य दलसँग गृहकार्य भइरहेको उपप्रधानमन्त्री निधिले बताए । 

सुशासनको प्रत्याभूति र सेवा प्रवाहको क्षेत्रमा कर्मचारीतन्त्रभित्र सेवाभाव र अनुशासनको कमी भइरहेको आमगुनासोलाई चिर्न राष्ट्रसेवक कर्मचारीले तदारुकता अपनाउन आवश्यक रहेको निधिको जोड थियो । 

मधेसमा चुरे संरक्षण, सडक, सिँचाइ, स्वास्थ्य, सीमा क्षेत्रमा हुने डुबान र दैनिक प्रशासनिक कार्यमा सकारात्मक परिवर्तन दिन सकिएमात्र जनताले सुशासनको अनुभूति गर्नसक्ने उनको भनाइ थियो । 

कार्यक्रममा आयोजकका तर्फबाट उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले विधिको शासन, अर्थतन्त्रमा सुधार र सेवा प्रवाहमा जनताले अनुभूति गर्ने गरी तत्काल सुधारका काम अघि बढाउन आवश्यक रहेको बताए । 

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिलेको सुरक्षा चुनौती र प्रहरी दायित्वबारे प्रकाश  पारेका थिए । जनकपुर उच्च अदालतका निमित्त मुख्य न्यायाधीश मोहम्मद साफिद हुसैनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी, सिन्धुली र उदयपुरसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्ना जिल्लाका प्रशासनिक समस्याबारे जानकारी गराएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का