Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कहाँ गए ‘सभामुखसँगै काठमाडौँ आउँछु’ भन्ने टोपबहादुर ?

२०८०, २४ बैशाख आईतवार १२:१४

वैशाख २४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भारत भागेको आशङ्का गरिएको छ । वैशाख २० गते साँझसम्म सम्पर्कमा रहेका रायमाझी त्यसपछि सम्पर्कमा रहेका छैनन् । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्नहरूको खोजी गर्ने क्रममा नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीको नाम पनि मुछिएको थियो । गत चैत १२ गते पक्राउ परेका आरोपी सानु भण्डारीको डायरीमा रायमाझीलाई दिइएको रकमको विवरण भेटिएको थियो । रायमाझीका छोरा सन्दीप रायमाझी भने पक्राउ परिसकेका छन् । वैशाख २० काठमाडौँ जिल्ला अदालतबाट अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदै गर्दा उनी सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीकै महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हीरक महोत्सवमा सहभागी हुँदै थिए । 

काठमाडौँबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीसँगको कुराकानीका क्रममा आफू सभामुखसँगै काठमाडौँ आउने र प्रहरी कार्यालयमा उपस्थित हुने आश्वासन रायमाझीले दिएका थिए । प्रहरीका एक अधिकारीका अनुसार वैशाख २० गते नै रायमाझी प्रहरीको सम्पर्कमा आएका थिए र वैशाख २२ गते बिहान काठमाडौँ प्रहरी परिसरमा उपस्थित हुने बताएका थिए । 

रायमाझी अर्घाखाँचीबाट बुटवलसम्म आइपुगेका थिए । तर बुटवल आएका रायमाझी वैशाख २१ गतेपछि भने सम्पर्कविहीन बने । वैशाख २१ गते बिहानसम्म रायमाझीको मोबाइलसमेत सुचारु रहेको र उक्त दिन उनी बुटवल क्षेत्रमा देखिएको एक प्रहरी अधिकारीले बताए । त्यसपछि उनी कता गए थाहा नभएको प्रहरीको भनाई छ । एक प्रहरी अधिकारीका अनुसार रायमाझी पक्राउ पर्ने डरले भारतमा भागेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले अदालतमा मुद्दा नबुझाउने समयसम्म भारतमै लुकेर बस्ने र प्रहरीले मुद्दा बुझाएपछि सोझै अदालतमा उपस्थित भएर धरौटीमा रिहा हुने योजनामा उनी भारत भागेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सत्तारुढ नेपाली काँग्रेसका केही नेताहरूले भने रायमाझी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा लुकेर बसेको आरोपसमेत लगाएका छन् । यद्यपि शनिबार प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रायमाझीबारे आफूलाई केही थाहा नभएका बताएका छन् । 

रायमाझी कहाँ छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले उहाँ (रायमाझी) आफ्नो सम्पर्कमा नरहेको भन्दै बरु कहाँ छन् तपाईंहरु नै बताइदिनुस् न’ भन्दै प्रतिप्रश्न गरेका थिए । यद्यपि गत बिहीबार भएको प्रधानमन्त्रीसँगको भेटमा भने अध्यक्ष ओलीले रायमाझी कतै भागेर नजाने दाबी गर्दै पक्राउ पुर्जी जारी भएकोमा आक्रोश व्यक्त गरेका थिए । उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढङ्गले एक्सन लिने काम भएको पनि आरोप लगाएका थिए । ओलीले भनेका थिए, ‘षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण के छ ? ओलीले अगाडि थपे, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

गत बुधबारदेखि ‘सिटिङ एमपी’ सम्पर्कविहीन भएर फरार रहेका छन् । प्रहरीले खोजी गर्दा उनी कतै पनि भेटिएका छैनन् । भागेर भारत गएको आशङ्का गरिए पनि उनी बुटवलमै कतै लुकेर बसेकोसमेत हुनसक्ने समेत आशङ्का छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ