असोज १०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

एभर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

एभर"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्छ: नेता सिंह

१० आश्विन २०७३, सोमबार ०७:४८

असोज १०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

एभरेष्ट बैंकको सहयोगमा आज रत्नराज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयलाई ‘शुद्ध पिउने पानी हस्तान्तरण समारोह’मा नेता सिंहले मधेसको समस्यालाई राजनीतिक सहमति जुटाएर टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “सत्र महिनामा सबै निर्वाचान गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक छ ।” 

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले सबैलाई समेटेर निर्वाचन गराउनेबारे सरकार गम्भीर बन्नु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक सहमति भएमा छोटो समयमा समेत निर्वाचन गर्न सकिने बताउँदै यसका लागि दलहरुबीच एकताको खाँचो रहेको बताउनुभयो । 

बैंकका अध्यक्ष विके श्रेष्ठले विद्यार्थीलाई शुद्ध पानी उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता सामाजिक कामलाई बैंकले निरन्तर लागिरहने उल्लेख गर्नुभयो । 

रु १० लाख लागतमा सम्पन्न भएको उक्त आयोजनाबाट विद्यालयका करिब दुई हजार विद्यार्थीले शुद्ध खानेपानी प्रयोग गर्न पाउनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल