Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धनराजलाई प्रश्न- महामन्त्रीले चुप लगाएर बस्दिनँ भन्नुभएको छ, पार्टी विभाजनतिर जाने संकेत त होइन ?

२०८०, २५ बैशाख सोमबार ११:१४

वैशाख २५, काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नागरिकता विधेयकको बिषयमा आफूहरुले छलफल गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले नागरिकता विधेयकमा कसरी अघि बढ्नेबारे गृहकार्य भइरहेको बताए ।

उनले भने, ‘संविधानले संसदबाट अनुमोदन गरेर पठाउने र राष्ट्रपतिले प्रमाणिकरण गर्ने व्यवस्था छ। राष्ट्रपतिबाट एकपटक फर्केर आइसकेपछि फेरि संसदबाटै अनुमोदन भएर राष्ट्रपतिकहाँ पुग्यो। त्यसपछि १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्ने हो, भएन । अब त्यसबारेमा संविधानले पनि बोलेको छैन। त्यसो भएर अहिले छलफलमा छौं ।’

यस्तै, उनले सबै उच्च तहका मन्त्रीदेखि कर्मचारीको सम्पत्ति सार्वजनिक मात्रै नभएर आवश्यकता अनुसार छानविन नै गर्नुपर्ने बताए ।

उनले भने, ‘सबैको सम्पत्ति राज्यको हो। त्यसैले राज्यले चाहेको बेलामा सबै नेता, कर्मचारी सबैको छानबिन गर्नुपर्छ ।’

महामन्त्रीले हिजो अब चुप लगाएर बस्दिनँ भन्नुभएको छ । त्यसले पार्टीमा समानान्तर गतिविधि हुने वा पार्टी विभाजनतिर जाने संकेत त होइन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यो प्रश्न महामन्त्रीज्यूलाई नै सोध्नुहोला । उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ । त्यसो भएकाले उहाँले बोलेको बिषयमा मैले टिप्पणी गर्नु उचित हुँदैन ।’

उनले पार्टीमा समानान्तर कमिटी र विभाजन हुन्छजस्तो नलागेको प्रष्ट्याए ।

उनले भने, ‘गगन थापाजी शालिन व्यक्तित्वको रुपमा देख्छु । शालिन व्यक्तिबाट अनिष्ट हुने गरेर उहाँले पाइला चाल्नुहुन्छ भन्ने मलाई विश्वास नै छैन। त्यसकारणले उहाँ जिम्मेवार हुनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ