२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसको घोषणापत्र लेखिदिएको स्वर्णिमको भनाईमा राजेन्द्र बजगाईँको आपत्ति

२०८०, २६ बैशाख मंगलवार ०६:५५

वैशाख २६, काठमाडौं | सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद डा. स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र आफूले बनाइदिएको भनेपछि मंगलबारको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् ।

बजगाईँले भने, ‘हामीले घोषणापत्र बनाउन वाग्लेलाई सहयोग माग्यौं । तर, उहाँले मैलै बनाइदिएको घोषणापत्र प्रतिविम्बित गर्नुपर्छ भन्नुभयो यो छुच्याइँ हो । तपाईँ पनि यो सदनमा प्रवेश गर्नुभयो मर्यादा ख्याल गर्नुहोला ।’

बजगाईँले स्वर्णिमले दिएको रचनात्मक सुझावको सम्मान गर्ने पनि बताए । साथै अर्थमन्त्री डा. प्रकाशशरण महत झूटो नबोल्ने भएकाले उहाँले खरो रूपमा उत्रेर काम गरिरहेको भन्दै बचाउ गरे ।

सोमबार डा. वाग्लेले अर्थमन्त्रीलाई लक्षित गर्दै ‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नु भएको नै होला । थोर बहुत मैले पनि लेखिदिएकै हो । त्यहाँ आर्थिक सुधारका कुराहरू गरिएका छन् भनेका थिए ।’

साथै वाग्लेले आफ्नै घोषणा पत्र पढेर त्यसलाई कार्यान्वयनमा उतार्न अर्थमन्त्रीलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो