Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

२०८०, २७ बैशाख बुधबार १२:०५

वैशाख २७, काठमाडौँ | महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय उमेशबहादु्र बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० वर्षीय सुमन मान्नधर र धनुषा जिल्लाको हंसपुर नगरपालिका ४ बस्ने ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

काठमाडौँबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा सो मूल्य बराबरको चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ