Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण थुनुवाहरूसँग बस्न नमानेपछि….

२०८०, २८ बैशाख बिहीबार ०६:३६

वैशाख २८, काठमाडौं | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो । बुधवार बिहान पक्राउ परेका खाँणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो ।


त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाँड कतै जान तयार भएनन् । प्रहरीले पनि जोडबल नगरेको स्रोतले बतायो ।

‘उहाँले यतै बस्ने इच्छा व्यक्त गर्नु भयो, हामीले सबै कुरा विचार गरेर यतै सुत्ने व्यवस्था मिलाएका हौं,’ परिसर स्रोतले भन्यो ।

खाँणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाँण भने फुक्का थिए । हाई प्रोफाइल भएकै कारण फरक व्यवहार गरिएको भनेर प्रहरीले आलोचना खेपिरहेको छ ।

स्रोतका अनुसार बुधवार साँझ खाँणका आफन्त उनको कपडा लिएर परिसर आएका थिए । उनकी श्रीमती मञ्जु भने हालसम्म नआएको बुझिएको छ । यो प्रकरणमा मञ्जुको नाम पनि जोडिएको छ । श्रीमान् पक्राउ परेपछि उनी मोबाइल स्विच अफ गरेर बसिरहेकी छन् । खाँणलाई घरबाट खाना पनि ल्याइएन । उनले परिसरकै खाना खाएका थिए । तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग सामाजिक सञ्जालमा भएको कुराकानी फेला परेपछि प्रहरीले खाँडलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ