Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए बालकृष्ण र टोपबहादुर मुछिँदैनथे : रवीन्द्र मिश्र

२०८०, २८ बैशाख बिहीबार ०८:१५

वैशाख २८, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्।

भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईँलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

उनले कांग्रेस सांसद आरजू देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन आग्रह गरेका छन्।

‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन उनको भनाइ छ।

उनको स्ट्याटस जस्ताको त्यस्तैः

भ्रष्टाचारको छानबिनका लागि पनि

विदेशी दबाब नै चाहिने !

भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईँलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।

कांग्रेस सांसद आरजू देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिनु होला।

भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवत: गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।

होइन, कल्पना गर्न सकिन्छ भनेर कसैले सोच्नुभएको छ भने, विचार गर्नुहोस् त-

माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनिया जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ती काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन् ?

तसर्थ, ‘वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ’ भन्नु बेकार छ। जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे, जे भन्नु पर्छ भनौँला।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तर आत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने, उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन। होइन भने, यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण छैन। यो केवल भ्रष्टाचारको कालो मोसो पोतिएको अनुहारमा विशेष कारणवश सेतो रङ्ग दल्ने प्रयास मात्र हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ