Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टीको निर्णयपछि टोपबहादुरका नजिकका मान्छेले फोन आएको थियो, प्रहरीसमक्ष प्रस्तुत हुन सुझाव दिए: ओली

२०८०, २८ बैशाख बिहीबार ०८:३०

 वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयपछि नक्कली शरणार्थी प्रकरणमा फरार रहेका नेता टोपबहादुर रायमाझीको निकट व्यक्तिबाट फोन आएको बताएका छन्। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सो प्रकरणमा सत्य छानबिन गर्नुपर्ने बताए।

उनले भने, ‘यो केस निष्पक्ष छानबिन हुनुपर्छ हामीले सोचेका थिएनौँ टोपबहादुरजी कतिको संलग्न हुनुहुन्छ हुनुहुन्न उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन। सोचेका पनि थिएनौँ। तर, हामी आश्चर्यचकित बन्यौँ उहाँलाई पक्राउ पूर्जी जारी गर्‍यौँ। अलिअलि कुरा बुझेको हुनाले सोझै पैसा समाउनेहरू छोड्ने, अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्‍यो होला। मैले प्रश्न गरेको ? त्यसभित्र केही त नभएको होला त।’

पक्राउ पुर्जी जारी भएपछि टोपबहादुरले बाहिर आएर प्रहरीलाई सघाउने विश्वास लिए पनि त्यसो नभएको बताए।

उनले भने, ‘मैले पछि सुनेँ प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यस कारण अदालतमै उपस्थित हुने विचार गरे भनेर उहाँले भन्नुभयो भनेर। पार्टीले अनुसन्धानमा सघाउनुस् भनेर निर्णय गरेपछि निकटका व्यक्तिबाट के गर्ने भनेर मलाई फोन आयो। हाम्रो नीति यस्तो छ भनेर बताइदिनुस् उहाँले आफूलाई प्रहरी समक्ष प्रस्तुत हुनु भन्ने पार्टीको निर्देशन छ भन्ने सुनाइदिनुस् भने। हिजो सरकारी स्रोतबाट प्रहरीमा उपस्थित हुने कुरा जानकारी पाएको थिएँ।’

भागेपछि आरोपमा आशंका गर्ने ठाउँ रहने बताए। यो प्रकरणमा सही छानबिन नगरेर सरकारले राजनीतिक फण्डा गर्न खोजेको बताए।

ओलीको भनाइ यस्तो थियो :

‘उहाँ यो प्रकरणमा संलग्न हुनुहुन्छ भन्ने सोचेका थिएनौँ । त्यस्तो अनुमान नै थिएन । पक्राउ पुर्जी जारी भएपछि आश्चर्यमा पर्याैँ । अलिअलि केस बुझेका हुनाले मैले सोझै पैसा समाउनेहरूलाई छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरियो होला भनेर मैले प्रश्न गरेको थिएँ । त्यसभित्र केही नभएको त होइन होला नि । केही त थियो होला ।

मैले सोचेको थिइनँ, टोपबहादुरजी यसरी बाहिर जानुहोला भन्ने । पछि मैले सुनेँ, प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो, त्यसैले सिधै अदालतमा जाने विचार गर्नुभएको भन्नुभएको छ । उहाँको निकटका मान्छेले मलाई फोन गरेका थिए । के गर्ने हो भनेर सोधे । मैले पार्टीले गरेको निर्णय जानकारी गराएँ । हाम्रो नीति यस्तो छ, उहाँले आफूलाई प्रहरीसमक्ष प्रस्तुत गर्नु राम्रो भन्ने सुझाव दिएँ । यो कुरा उहाँलाई सुनाइदिनुस् भनेँ ।

हिजो उहाँ हाजिर हुन आउनुहुन्छ भन्ने सुनेको थिएँ । यो सूचना सरकारी स्रोतबाटै मलाई प्राप्त भएको थियो । तर, खोइ किन हाजिर हुनुभएन । अहिले पनि भन्न चाहन्छु, हामी कसैमाथि आरोप लाग्दैमा दोषी भइँदैन । तर, आरोपबाट तर्किन खोज्यो भने त्यसले समस्या निम्त्याउँछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ