२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अङ्गीकृत नागरिकले राज्यको प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन: नेता नेपाल

२०७३, १० आश्विन सोमबार १२:४८

असोज १०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेसी जनताको मागलाई मधेसीका मागका रुपमा मात्र हेर्न नहुने बताएका छन् । 

प्रेस चौतारी नेपाल मधेस मामिला समन्वय विभागले यहाँ आज आयोजना गरेको ‘मधेसका सवाल र समाधानका उपाय’विषयक अन्तक्र्रियामा उनले भने,– “राष्ट्रले लिएको नीति र संविधानको मूल मर्मका आधारमा मधेसको विकास गर्नुपर्छ, त्यहाँको शोषण र दमन अन्त्य गर्नुपर्छ” । 

नेता नेपालले “एमालेलाई मधेस विरोधी भनेर आरोप लगाउनुमा कुनै सत्यता छैन” भन्दै मधेसी जनताको मुक्तिका निम्ति सबै मधेसी एकताबद्ध हुनुपर्ने बताए । 

अनेकतामा एकता भएको देशमा सबै नेपालीको भावना र विचारलाई कदर गर्नुपर्ने बताउँदै उनले भने-, “नेपालीसंग विदेशी नागरिकले विवाह गर्नेबित्तिकै नागरिकता पाउन सकिन्छ तर मुलुकको हितका दागि अङ्गीकृत नागरिकले राज्यको संवैधानिक प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन र यो मधेसीको माग पनि होइन ।” 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या राष्ट्रकै समस्या भएकाले सबैले लचिलो भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रियताको मुद्दामा नझुकी अरु कुरामा सहमतिका साथ अगाडि बढ्नुपर्ने भन्दै  उनले मधेसको समस्या निराकरण गर्न सबै दलले ध्यान दिनुपर्ने बताए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु