Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

श्रीमान् हिरासतमा हुँदा समेत भेट्न नआउने मन्जु कहाँ छिन्?

२०८०, २९ बैशाख शुक्रबार १२:१५

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभाकी समानुपाति सांसद मन्जु खाण अहिले सम्पर्कविहीन छिन्। विगत केही दिनदेखि मोबाइल स्वीच अफ गरेर उनी सम्पर्कविहीन भएकी छिन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको प्रकरणमा मन्जु पनि संलग्न भएको आशंका गरिएको छ। 

प्रहरीले यो ठगी प्रकरणमा संलग्नहरुको खोजी तीव्र पारेपछि यसमा संलग्नहरु धमाधम फरार हुन थालेका छन्। यही प्रकरणमा संलग्न भएको आरोपमा मन्जुका श्रीमान् तथा पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ परेका छन्। बुधबार चाबहिलको मैजुबहालबाट खाण पक्राउ पर्दा उनकी पत्नी मन्जु भने त्यहाँ थिइनन्। प्रहरी स्रोतका अनुसार प्राय मन्जु भने ललितपुरमा बस्थिन् भने बालकृष्ण मैजुबहालमा बस्दै आएका थिए। 


प्रहरीको टोली बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न घरपुग्दा समेत एकैछिन है फोन गर्छु भन्दै उनले फोन गरेका थियो। त्यतिबेला उनले मन्जुलाई नै भिडिओ कल गरेको आशंका गरिएको थियो। तर, अहिलेसम्म मन्जुको अवस्थाबारे अन्योल नै रहेको छ। श्रीमान् प्रहरी हिरासतमा भएको दुई दिन बितिसक्दा समेत मन्जु भेट्न नआएपछि उनी कहाँ छिन् भन्ने चासो बढेको छ। 

बालकृष्णलाई भेट्न पार्टीका नेतादेखि घरपरिवारका अन्य सदस्यहरु जिल्ला प्रहरी परिसर टेकु पुग्दा श्रीमती मन्जु भने सम्पर्कविहीन हुनुले यो घटनामा मन्जुको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ। यसरी सम्पर्कविहीन भएकी मन्जु भने अहिले अष्ट्रेलिया पुगेको हुन सक्ने आशंका गरिएको छ। 

विश्वस्त स्रोतका अनुसार खाण पक्राउ पर्दा मन्जु दिल्ली पुगेकी थिइन्। त्यहाँबाट उनी अष्ट्रेलिया पुगेको हुन सक्ने आशंका गरिएको छ। नेपाल हुँदा तथा भारतमै रहँदा समेत पक्राउ पर्न सक्ने भएकाले मन्जु दिल्लीबाट अष्ट्रेलिया गएको हुन सक्ने आशंका गरिएको छ। विश्वस्त स्रोतले  दिएको जानकारी अनुसार पनि उनी अष्ट्रेलिया गएको दाबी गरिएको छ। यद्यपि, यसबारे पुष्टि भने भइसकेको छैन। 

सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनको मोबाइलको म्यासेजको आधारमा बालकृष्ण पक्राउ परेका थिए। श्रीमान् बालकृष्ण पक्राउ परेपछि उनको मोबाइलको म्यासेजको आधारमा मन्जु सहितका व्यक्ति पनि यो प्रकरणमा तानिन सक्ने आशंका गरिएको छ।

पक्राउ परेका बालकृष्णले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएपछि प्रहरीले जाँचका लागि डीएफएल (डीजीटील फरेन्सीक ल्याब) मा पठाएको छ। डीएफएलबाट डेटाहरु रिकभर भएपछि त्यसबाट थप तथ्यहरु तथा नेक्कस पत्ता लाग्न सक्न सक्छ। बालकृष्णको मोबाइलबाट मन्जुविरुद्ध थप प्रमाणहरु भेटिएको अवस्थामा उनी समेत अनुसन्धानको दायरामा तानिने छिन्। 

यो प्रकरणमा खाणसहित अहिलेसम्म १२ जना पक्राउ परेका छन्। पक्राउ पूर्जी जारी भएका केही व्यक्तिहरु भने फरार छन्। आशंका गरिएका केही व्यक्तिहरुमाथि प्रहरीले प्रमाण जुटाउने काम गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ