Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी

२०८०, ४ जेष्ठ बिहीबार ०७:०९

जेठ ४, काठमाडौँ | बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।


विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बु थामेका कामीरिता बिहान साढे ८ बजे चुचुरोमा पुगेका हुन् । यसअघि उनले २०७९ वैशाख २४ मा सगरमाथाको २६ औं आरोहण गरेका थिए ।२०२६ सालमा जन्मेका उनले २०४८/४९ बाट हिमाल चढ्न सुरु गरेका हुन् । सगरमाथासँगै उनले विश्वकै दोस्रो अग्लो हिमाल केटु, चोयु, ल्होत्से र मकालुलगायत आरोहण गरेका छन् । उनले सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका थिए । उनीपछि पासाङ दावा शेर्पाले २६ पटकसम्म सगरमाथाको आरोहण गरेका छन् ।

यस्तै, पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनामले पनि सगरमाथा आरोहण गरेका छन् । यती समूहका अध्यक्षसमेत रहेका उनी बुधबार बिहान ७ बजेर ३४ मिनेटमा चुचुरोमा पुगेका हुन् । यसअघि श्रीमती पासाङल्हामुसँगै सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेको थिएन । त्यसबेला उनी क्याम्प २ बाटै फर्केका थिए । पासाङल्हामु २०५० वैशाख १० मा सगरमाथाको शिरमा पुगेकी थिइन् । आरोहणपछि फर्कने क्रममा उनको बाटैमा निधन भएको थियो ।

 यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् । जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् । पर्यटन विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार ४ दिनयता सगरमाथा शिखरमा २५० जना पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ