२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणः को-को छन् फरार सूचीमा ?

२०८०, ८ जेष्ठ सोमबार ११:३१

जेठ ८, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन सुझाइएको छ, जसमध्ये १४ जना फरार छन् ।

पक्राउ परेका १६ जना र फरारसहित सबै ३० जनामाथि संगठित अपराध ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको स्रोतले बतायो ।

फरार १४ जनामध्ये प्रतीक थापा र निरज राई हाइप्रोफाइल हुन् भने अन्य आमव्यक्तिहरु रहेका छन् । प्रतीक तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् निरज । पक्राउ पुर्जी जारी भएपछि उनीहरु दुवैजना फरार थिए ।

अन्य फरार अभियुक्तहरूमा केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी रहेका छन् । उनीहरूमध्ये अशोक पोखरेल अमेरिकामा रहेको प्रहरीले पत्ता लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु