असोज ११, पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन् । 

नेपाली काँग्रेस क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन् । 

नेपाली काँग्रेस क"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको छः मन्त्री लेखक

२०७३, ११ आश्विन मंगलवार ०६:५९

असोज ११, पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन् । 

नेपाली काँग्रेस कास्कीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य लेखकले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने धारणा राखे । 

नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस तयार रहेको जानकारी गराउँदै उनले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको  बताए । 

पूर्वपार्टी सभापति एवम् सांसद यज्ञबहादुर थापाले देश चुनावको राजनीतिमा प्रवेश गरिसकेकाले अब कत्ति पनि अलमलिने बेला नरहेको धारणा राखे ।

पार्टीका जिल्ला सभापति कृष्ण केसीका अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय शारदा पौडेल र वृन्दादेवी राना, पार्टी पूर्वसभापति सोभियतबहादुर अधिकारीले पार्टीका गतिविधिमाथि प्रकाश पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु