Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

२०८०, ९ जेष्ठ मंगलवार १२:४५

जेठ ९, पाटन | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताउनुभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताउनुभयो ।

“व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन । व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ । यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ”, उहाँले भन्नुभयो । 

गणतन्त्रमा नागरिकले अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण हो भन्दै उहाँले भन्नुभयो, “उपलब्धिको रक्षा हाम्रो दायित्व हो । गणतन्त्र, लोकतन्त्र र समावेशिताले ठूलो उपलब्धि हासिल गरेको छ । एलिट वर्गको सिन्डिकेट तोडिएको छ ।” 

मन्त्री शर्माले रेडियो सगरमाथाले लोकप्रियता कायम गर्न सकेकोमा शुभकामना व्यक्त गर्दै यस सञ्चार माध्यमबाट सञ्चालित कार्यक्रमबाट धेरै लाभदायक भएको बताउनुभयो । उहाँले सूचना र सञ्चारको भरपर्दो साधन रेडियोलाई दीगो बनाउन श्रोताको अपेक्षाअनुसार प्रतिस्पर्धी कार्यक्रम बनाउन आग्रह गर्दै नयाँ प्रविधिको विकासअनुसार अगाडि बढ्न सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले रेडियोका कार्यक्रम सबैले सुन्न लायक भयो भने राम्रो हुने र लोकप्रिय हुने उल्लेख गर्नुभयो । 

नयानब्बे वर्षीय अग्रज पत्रकार भैरव रिसालले रेडियो सगरमाथा भाग्ला है भनेर श्रोताले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

 सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाज विकासका लागि रेडियोले खेलेको भूमिका अतुलनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रेडियो सगरमाथा सामुदायिक रेडियोमध्येको उत्कृष्ट रेडियो हो । सामुदायिक रेडियोको दीगोपनका लागि आमसञ्चार नीतिमा समेट्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मिडियालाई नयाँ चुनौती रहेको बताउनुभयो । उहाँले रेडियो सगरमाथालाई समुदायको आवाज बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै सूचनाको हकसँग जोडिएर सूचना प्रवाह गर्न आग्रह गर्नुभयो । शाक्यले सरकार र सञ्चार माध्यमको बीचमा समन्वय भएर नागरिकलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र सेवाकालीन व्यवसाय भएकोले समुदायलाई हित हुने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामुदायिक रेडियोको समस्या धेरै भएको बताउँदै भइरहेका संरचना र नीति नियमबाट सामुदायिक रेडियो बचाउन के के गर्न सकिन्छ, त्यो गर्न काउन्सि तयार रहेको धारणा राख्नुभयो । शिक्षा समन्वय एकाइ ललितपुरका प्रमुख निम सिंह राठौरले सकारात्मक किसिमका समाचार प्रसारण गरेर बालबालिकाको शैक्षिक र ज्ञानमूलक क्षमता अभिवृद्धि गर्न आग्रह गर्नुभयो । 

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले रेडियोको नेतृत्व र व्यवस्थापनमा महिला हुनु खुसीको कुरा भएको बताउनुभयो । वार्षिकोत्सवमा मन्त्री शर्माले ९६ वर्षीय अग्रज पत्रकार रिसालसहित सगरमाथा रेडियो योगदान पु-याउने व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्ज विसं २०५४ साज जेठ ९ गतेदेखि सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ