Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपालाई पछ्याउदै विवेकशील साझा पार्टी !

२०८०, १५ जेष्ठ सोमबार ०७:०१

जेठ १५, काठमाडौँ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिभिन्न ३६ बिभाग गठन गरेको एक महिना नपुग्दै नयाँ दलकै रुपमा परिचित रहेको विवेकशील साझा पार्टीले पनि विभिन्न विभागहरु गठन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार केन्द्रीय समिति बैठकमार्फत विवेकशील साझा पार्टीले ११ वटा विभाग र त्यसका प्रमुखहरु चयन गरेको हो । 


विवेकशील साझाको पार्टी बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डे, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नयाँ दलकै रुपमा स्थापित भएको विवेकशील साझा पार्टी पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै छायामा अपर्दै आएको छ । यस अघिका संघिय तथा स्थानिय निर्वाचनमा समेत होमिएको विवेकशील साझाले खासै उपलब्धि भने हाँशिल गर्न सकेन । नयाँ दलको उदयसंगै राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ जिल्लामा आफ्नो संगठन विस्तार गरिसक्दा विवेकशील साझा भने रास्वपालाई पछ्याउदै अगाडी बढ्न खोज्दैछ । संगठन विस्तारपछि बिभिन्न जिम्मेवारी पाएको विषय सार्वजनिक भएपछि केहिले राष्ट्रिय स्वतन्त्र पार्टीमै मिसिएर अघि बढ्न सुझाव दिएका छन् भने कहिले अझै छ र यो पार्टी भन्दै टिप्पणी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ