असोज ११, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब  श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ११, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब  श"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ बुँदे सम्झौताले नेपाललाई भुटानीकरणको बाटोमा लियो: भट्टराई

२०७३, ११ आश्विन मंगलवार १२:३७


असोज ११, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब  शासकीय स्वरुप फेर्नुको विकल्प नरहेको  बताएका छन् । 

काठमाडौंमा मंगलबार नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मन्तव्य राख्दै उनले भने–‘यस्तो अस्थिर प्रकारको शासकीय स्वरुपको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति नयाँ शक्ति पार्टीले सशक्त आन्दोलनको तयारी गर्नेछ ।’

उनले भर्खरै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सम्झौताप्रति असहमति जनाउँदै त्यसले नेपाललाई भुटानीकरणको बाटोमा लगेको भन्दै त्यसका विरुद्धसमेत सशक्त आन्दोलन गर्ने बताए । 

डा. भट्टराईले नयाँ शक्ति पार्टीको टेक्ने आधार नेपाली समाजको बहुवर्ग भएको बताउँदै कामचोर वर्गबाहेक पुँजीपति, श्रमजीवी, बुद्धिजीवी सबै तप्काको प्रतिनिधित्व नयाँ शक्तिले गर्ने बताए  । उनले यही वर्गका बीच नयाँ शक्तिलाई स्थापित गराएर आगामी निर्वाचनबाट आफ्नो शक्तिलाई राजनीतिक रुपमा वैकल्पिक शक्तिका रुपमा जनताबीच स्थापित गर्ने धारणा समेत  राखे । डा. भट्टराईले यही वर्गलाई ध्यानमा राख्दै सडक, सदन र सरकारको मोर्चामा नयाँ शक्ति सशक्त रुपले अगाडि आउने धारणा राखे । 


भट्टराईले बदलिएको परिस्थति अनुरुप नयाँ शक्तिलाई विकसित गर्दै सँधै नयाँ शक्तिकै रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले लिएको भन्दै नयाँ शक्ति आर्थिक, सांस्कतिक र आचरणका हिसाबमा पनि खुल्ला र पारदर्शी शक्ति हुने बताए । 

उनले नेपालको विकासमा आन्तरिक राष्ट्रिय एकता कायम गर्नुपर्ने र सँगसँगै बाह्य राष्ट्रियताको पक्षमा समेत ध्यान दिनुपर्ने बताए । भट्टराईले नेपाल पृथ्वीनारायण शाहले भनेजस्तो दुई ढुंगाको तरुल नभई आर्थिक रुपमा सम्पन्न दुई ठूला राष्ट्र चीन र भारतबीचको गतिशील पुल भएको समेत बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु