२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मदिरा, चाउचाउ र कुरकुरे लगायतमा बढ्यो अन्तःशुल्क, कुनमा कति ?

२०८०, १६ जेष्ठ मंगलवार ०७:३८

जेठ १६, काठमाडौँ | सरकारले विदेशबाट आयात हुने विभिन्न बस्तुमा अन्तःशुल्क वृद्धि गरेको छ । आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दर परिवर्तन गरेको हो ।

लेज, चिज, कुरकुरे र कुरमुरेमा प्रतिकिलो २० प्रतिशत अन्तःशुल्क पुर्‍याइएको छ । यसभन्दा पहिले १७ प्रतिशत लाग्दै आएको थियो । आलु चिप्सको १७ बाट १८ बनाइएको छ ।

नुडल्स र पास्तालगायत १७ बाट २० रुपैयाँ अन्तःशुल्क पुगेको छ ।

अंगुरको रस, स्याउको रस, आँपको रस, अरेन्ज जुस, भूइँकटहरको जुस र टमाटो जुस लगायतका लगायत वस्तुमा प्रतिलिटर १३ रुपैयाँ अन्तःशुल्क पुगेको छ । यसभन्दा अघि यस्ता बस्तुमा ११ रुपैयाँ लाग्दै आएको थियो ।

गुट्खाको अन्तःशुल्क ३ सय ६५ पुगेको छ । हाल ३ सय ५० रुपैयाँ प्रतिकेजी वृद्धि भएको हो ।

मार्बल र भवन बनाउन प्रयोग हुने ढुंगामा पनि ५ प्रतिशत वृद्धि भएको छ । अब १५ प्रतिशत पुगेको छ ।

मदिरामा कति बढ्यो ?

८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर ५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा ३० वृद्धि भएर ३५ पुगेको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको अन्तःशुल्क वृद्धि भएको छ । प्रतिलिटर ७ रुपैयाँ वृद्धि भएर २ सय ३५ रुपैयाँ पुगेको छ ।

४८.५ प्रतिशत अल्कोहल भएको पन्ध्र यु पी शक्तिको तयारी मदिरामा ५० रुपैयाँ वृद्धि गरेर १ हजार ८ सय पुगेको छ ।

रम र मदिरा, ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटको प्रतिलिटर ७ रुपैयाँले वृद्धि भएर २ सय ३५ पुगेको छ ।

सुर्ती मिश्रित खैनी, नस, गुट्खा, जर्दा, र निकोटिनयुक्त पान मसलाको प्रतिकेजी १९ रुपैयाँ अन्तःशुल्क वृद्धि भएको छ । अब प्रतिकेजी ८ सय २१ अन्तःशुल्क लग्ने भएको हो ।

चिनी र सख्खरको भन्सार शुल्क घटेको छ । ४० प्रतिशत लाग्दै आएकोमा अब ३० प्रतिशत कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु