२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

परराष्ट्रमन्त्री साउदलाई प्रश्न- ‘अखण्ड भारत’को नयाँ नक्सा प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्छ ?

२०८०, १६ जेष्ठ मंगलवार १२:३०

जेठ १६, काठमाडौँ | भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको राजनीतिक वृत्त तरङ्गित छ । सार्वजनिक नयाँ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्या समाधान गर्न दबाब भइरहेको बेलामा अर्को मुद्दा थपिएको हो । प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् ।

सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने सदनबाटै संकल्प गरेका प्रचण्डलाई यो नयाँ नक्साको विषयमा पनि प्रस्ट पार्न दबाब बढेको छ ।

यो विषय प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बन्छ कि बन्दैन भन्ने विषयमा हामीले प्रधानमन्त्रीको भ्रमण दलका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई सोध्यौं ।

तर, उनले यसबारेमा ठोस जवाफ दिएनन् । उनले भने, ‘यसको बारेमा हामीले सुनिरहेका छौं । बुझ्दैछौं ।’

सरकारले यसको बारेमा कूटनीतिक नोट पठाउँछ त भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘मैले भनिसकें, हामी बुझ्दैछौं । त्यसबारेमा अहिले यति नै भनौं ।’

त्यसो त आजैमात्र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा र सीमाको विषयलाई प्रधानमन्त्रीले टुंग्याउनुपर्ने बताए ।

पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अखण्ड भारत’ को नयाँ नक्साको गल्ती सच्याऊ भन्न नसक्ने भए किन भ्रमणमा जाने भन्दै प्रश्न गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यो नक्साको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे ।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतको नक्साको बारेमा प्रश्न उठाइसकेका छन् । भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाइ छ ।

त्यसो त अन्य राजनीतिक दलले मात्रै नभएर प्रधानमन्त्रीलाई माओवादी पार्टीकै नेताहरुले नै सो विषयलाई भ्रमणको क्रममा राख्न सुझाव दिइसकेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरुले सीमादेखि पछिल्लो नक्साको बारेमा प्रस्ट कुरा राख्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु