Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने

२०८०, १९ जेष्ठ शुक्रबार १०:१८

जेठ १९, काठमाडौँ | नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् । 

अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व शान्तिको सङ्कल्पले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रमा अनुष्ठान गरिने संस्थाका अध्यक्ष अविराज आचार्यले जानकारी दिनुभयो । संस्थाले वैदिक सनातनी मार्गबाट धर्म संस्कृति, ज्योतिष, वास्तु, बाल संस्कार, शिक्षा, स्वास्थ्यलगायत १८ क्षेत्रमा सेवामूलक काम गरिरहेको उहाँले बताउनुभयो ।

यही जेठ २७ गते पशुपति क्षेत्रको हंसमण्डपमा हुने कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ भारतका पीठाधीश स्वामी समर्थ गुरु माऊली श्री अण्णा साहेव मोरे पनि आउनुहुनेछ । उहाँको सङ्कल्पमा आर्थिकमन्दीबाट छुटकारा र विश्व शान्तिका लागि अनुष्ठान गर्न लागिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवं नेपाली सेनाका अवकाशप्राप्त रथी अमर पन्तले भारतको महाराष्ट्रको नासिकमा रहेको दक्षिण गोदावरी र नेपालको ललितपुरमा रहेको उत्तर गोदावरीका बीचको धार्मिक सम्बन्धलाई पनि जनस्तरमा स्थापित गर्न स्वामीको आगमन र अनुष्ठानले सहयोग गर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख माधव थापाले अनुष्ठानमा इच्छुक सबैले भाग लिन सक्ने जानकारी दिनुहुँदै आर्थिकमन्दी, दैवी प्रकोप र अशान्ति हटाएर विश्वशान्तिको शङ्खघोष पशुपति क्षेत्रबाट गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ