Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश- जुलाई अन्तिम वा अगस्ट पहिलाे सातासम्म भ्रमणको सम्भावना छ

२०८०, १९ जेष्ठ शुक्रबार १०:२६

जेठ १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनलाई जुलाईको अन्तिम वा अगस्टको पहिलो सातातिर भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण गएको पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीलाई प्रचण्डले आफ्नो चीन भ्रमणको सन्देश पठाएका हुन् ।

चीनबाट फर्केपछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले भने, ‘चीन भ्रमण जानुअघि मैले प्रधानमन्त्रीसँग पनि छलफल गरेको थिएँ । उहाँले जुलाईको लास्ट वा अगस्टको फस्टतिर भ्रमणको सम्भावना छ भनेर भन्नुभएको थियो ।’

प्रधानमन्त्री प्रचण्ड अहिले चारदिने भारत भ्रमणमा छन् । यस्तै बीआरआईअन्तर्गतको सस्तो व्याजमा ऋण भनिए पनि त्यसलाई केही योजनाहरुलाई अनुदानमा बनाउन आग्रह गर्न सन्देश पठाएको उनले बताए । आर्थिक विकास र विकास निर्माणको कुरालाई विशेष जोड दिएर आफूहले कुरा राखेको सापकोटाको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय व्यापारिक नाकालाई व्यवस्थित गरेर सबै नाकालाई खुलाउन आग्रह गर्दा चीन सकारात्मक पाइएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ