Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भुटानी शरणार्थी प्रकरणमा समय तोकेर बहस सुन्दै न्यायाधीश

२०८०, २१ जेष्ठ आईतवार १२:२७

जेठ २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालयका २ जनाले बहस गरेका छन् ।

महेश खत्रीले करिब तीन घण्टा समय लगाएका थिए भने त्यसपछि जनक घिमिरेले बहस थालेका थिए । न्यायाधीश न्यौपानेले सरकारी वकिल कार्यालयलाई बहस गर्न तीन दिनको समय छुट्याएका छन् ।

बुधबारदेखि प्रतिवादीका कानून व्यवसायीले बहस सुरु गर्नेछन् । जेठ ३० गतेसम्म प्रतिवादीका कानून व्यवसायीलाई बहस गर्ने समय दिइएको छ । जेठ ३१ गते साँझसम्म थुनछेक आदेश सुनाउने तयारी न्यायाधीश न्यौपानेको छ ।

सरकारी वकिलका तर्फबाट अब सीताराम अर्याल, दिनेश घिमिरे, सुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले पीडितका तर्फबाट बहस गर्न केही निजी कानून व्यवसायीको पनि निवेदन परेको बताए ।

‘अहिलेसम्म स्वागत नेपालसहित २ जनाको निवेदन परेको छ’, उनले भने । प्रतिवादीका तर्फबाट ५० जनाभन्दा बढीले नाम टिपाएको बुझिएको छ । प्रेमबहादुर खड्का, शेरबहादुर केसी, थम्मबहादुर खाती, केशव बडालसहितका कानून व्यवसायीहरु प्रतिवादीका तर्फबाट बहस गर्ने तयारीमा छन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न ५ वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । १८ जना पक्राउ परिसकेका छन् । शुक्रबार अदालतमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ