Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल

२०८०, २२ जेष्ठ सोमबार १०:५४

जेठ २२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अहिले पीडितका तर्फबाट जिल्ला सरकारी वकिलहरुले बहस गर्दैछन् ।

सरकारी वकिललाई बहस गर्न मंगलबारसम्मको समय दिइएको छ । बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ र उनीहरुले अर्को मंगलबारसम्म बहस गर्नेछन् ।

सोमबार दिउँसोसम्म जम्मा दुई जना सरकारी वकिलले बहस गरेका छन् । आठ जना सरकारी वकिलले बहस गर्ने तयारी गरेकामा सुरुका दुई जनाले सबै प्रतिवादीविरुद्ध बहस गरेका हुन् । बाँकी ६ जनाले प्रतिवादी छुट्याएर बहस गर्ने तयारी छ ।

सोमबार दिउँसोसम्म १८ जना प्रतिवादीका पक्षमा बहस गर्न एक सयभन्दा बढी कानून व्यवसायीले नाम टिपाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा सबैभन्दा बढी २८ जना कानून व्यवसायीले बहस गर्न वकालतनामा भरेका छन् ।

खाणका तर्फबाट प्रा‌.डा. नृसिंहकुमार कार्कीसँगै पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वमहासचिव रमण श्रेष्ठले बहस गर्दैछन् । त्यस्तै मंगलसुन्दर शिल्पकार, जनकराज श्रेष्ठ, जितेन्द्रबहादुर पाण्डे, अनु भट्टराई, शंकरबहादुर केसी, निरुजा चापागाईं, केशरमणि अर्याल, अञ्जु रेग्मी अर्याल, देवबहादुर महत, विश्वनाथ खनाल, हरिहर दाहाल, महादेव यादवले बहस गर्दैछन् ।

खाणको पक्षबाट बहस गर्न एगराज पोखरेल, सुरेन्द्र महतो, पंकज कर्ण, ललितबहादुर बस्नेत, योगेन्द्रबहादुर अधिकारी, धर्मराज खनाल, मनिराम उपाध्याय, चित्रबहादुर केसी, अनिता शर्मा, पुरुषोत्तम अधिकारी र सन्तोष भण्डारीको पनि वकालतनामा परेको छ ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षमा बहस गर्न १५ जना कानून व्यवसायीले वकालतनामा भरेका छन् । श्यामबाबु केसी, प्रतिमा भट्टराई, प्रकाश भुजेल, डोरविक्रम थापा, शम्भेश्वर कडरिया, पुरुषोत्तम अर्याल, शंखकुमार सुवाल, शान्ता थापा, डा. राजेन्द्र घिमिरे, अनिलकुमार लाल, प्रेमराज सुवेदी, हिरा कार्की, बुद्धि खरेल, राजेन्द्र पोखरेल र पाराश्वर खरेलले रिजालको पक्षमा बहस गर्दैछन् ।

राम घिमिरे, ईश्वरी पाण्डे, जगत जोशी, रमण श्रेष्ठ र गणेश रेग्मीसहित ५ जनाले सचिव टेकनारायण पाण्डेको पक्षमा बहस गर्न वकालतनामा भरेका छन् ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीको पक्षमा बहस पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले वकालतनामा भरेका छन् । धर्मराज जोशी, रामचन्द्र सुवेदी, सुशील पन्त, पर्शुराम कोइराला, शोभादेवी पौडेल, ज्ञानेश्वर पराजुली, पुष्पराज पौडेल, आकृति रायमाझी र करुणाकर मल्लिकले रायमाझीको पक्षमा बहस गर्दैछन् । रायमाझीका छोरा सन्दीपको पक्षमा बहस गर्न ४ जनाको वकालतनामा परेको छ ।

केशव दुलालको पक्षमा ६, सन्देश शर्माको पक्षमा ७, इन्द्रजीत राईको पक्षमा ४, आङटावा शेर्पाको पक्षमा २, गोविन्द चौधरीको पक्षमा ३, हरिभक्त महर्जनको पक्षमा २, शमशेर मियाको पक्षमा १, नरेन्द्र केसीको पक्षमा ३, लक्ष्मी महर्जनको पक्षमा १, टंककुमार गुरुङको पक्षमा ३, सानु भण्डारीको पक्षमा २, सागर राईको पक्षमा ५ र रामशरण केसीको पक्षमा बहस गर्न ३ जना कानून व्यवसायीले वकालनामा भरेका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ