२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ

२०८०, २३ जेष्ठ मंगलवार ०६:४६

एजेन्सी । श्रवणबारे विभिन्न खालका अध्ययन हुँदै आएका छन् । कानको स्वास्थ्यका लागि कति डेसीबलसम्मको आवाज सुन्नु सही, कतिसम्मको खतरनाक  भन्ने कुरामा पछिल्ला अध्ययन बढी केन्द्रित छन् । तर हालै एउटा नयाँ अनुसन्धान गरिएको छ जसले ‘लिसनिङ बायस’ बारे कुरा गर्छ । यसका अनुसार यदि कसैले राम्रो कुरा गरिरहेको छ हाँसिरहेको छ र त्यो आवाज बायाँ कानबाट बढी सुनिएको छ भने मस्तिष्कमा यसको असर बढी हुन्छ । यसले दिमागको अडिटरी सिस्टममा न्युरल एक्टिभिटी बढ्ने गर्छ जसको ह्याप्पी हर्मोन्ससँग सम्बन्ध छ । 


शोधमा समावेश स्विस युनिभर्सिटीकी डा. सेन्ड्रा दी कोस्टा र टिमले १३ जनामाथि अनुसन्धान गरे । यसका लागि फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिङ प्रविधिको मद्दत लिइयो । एमआरआईको क्रममा कुनै राम्रो कुरालाई दायाँ बाँया दुवै कानमा पर्ने गरी  सुनाइयो । यति बेला दायाँ तर्फबाट आइरहेको हरेक राम्रो कुरामा दिमागले तुरुन्तै प्रतिक्रिया दिइरहेको पाइयो । यहाँसम्म कि यदि कुनै राम्रो सङ्गीत बायाँ तर्फबाट चलिरहेको छ भने त्यसको असर तीव्र असर देखियो ।

अनुसन्धाताले विभिन्न भाव भएको सङ्गीतमा ध्यान दिए । यसमा न्युट्रलदेखि नकारात्मक, डर जगाउने र राम्रो भाव भएको सङ्गीत पनि समावेश थिए । यति बेला अडिटरी कर्टेक्स राम्रो, आनन्द दिने सङ्गीत वा राम्रो कुरा, वा हाँसोमा बढी सक्रिय हुने हुन्छन् । यो समयमा डोपामाइन र अक्सिटोसिनको स्राव पनि बढ्ने गर्छ, जसलाई ह्याप्पीनेस हर्मोन पनि भनिन्छ । 

बायाँ कानसँग इमोसनको सम्बन्ध पहिले पनि देखिएको हो । ब्रेन एन्ड ल्याङ्वेज जर्नलमा यसबारे थुप्रै अध्ययन सन् २००० देखि नै छापिँदै आएका छन् । यति बेला बायाँ कानले कुनै आवाजको इमोसनल टोनलाई पहिचान गर्न सक्छ भन्ने पत्ता लाग्यो । सामान्य पिचमा कुरा गर्दा पनि कोही रिसाइरहेको छ वा खुसी भइरहेको छ भन्ने कुरा बायाँ कानले पहिचान गर्न सक्छ । बायाँ कानबाट सूचना लिएर यसले दिमागको दाहिने हेमिस्फेयरसम्म पुर्‍याउने गर्छ ।  त्यसपछि मात्रै त्यो कुरा अनुसारको प्रतिक्रिया हुन्छ । 

यस्तो किन हुन्छ, यसबारे अनुसन्धातासँग पक्का जानकारी छैन । यसबारे ठुलो स्याम्पल साइज लिएर शोध गर्दा केही नयाँ कुरा आउने अनुमान गरिएको छ जसको गहिरो सम्बन्ध मानिसको समग्र स्वास्थ्यसँग हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु