२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

२०८०, २५ जेष्ठ बिहीबार ०६:५५

जेठ २५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिबादीतर्फबाट वकिलको बहस आजपनि जारी रहेको छ । आज प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताए ।

नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अवस्थामा मात्रै मुद्दा चल्ने उल्लेख गर्दै उनले भने, ‘यो अवैध कामका लागि पैसाको लेनदेन भएको कारण यो जाहेरी दर्ता हुने र मुद्दा दर्ता हुने अवस्था नै नरहेको छ । गैरकानूनी लेनदेनको बिगो कायम हुन सक्दैन । यदि नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्छ भन्ने हो भने मात्रै मुद्दा चल्न सक्छ । तर नेपालीलाई भुटान बनाएर लान मिल्दैन त्यसैले मुद्दा, जाहेरी र बिगो काम हुन सक्दैन ।’

शंका र अनुमानलाई प्रमाण मान्न नमिल्ने भएकाले प्रतिवादीहरुलाई थुन्नुपर्ने कुनै कारण नरहेको उनको तर्क छ ।

सन्दीप लामिछानेको मुद्दामा पनि कुनै ठोस प्रमाण नभएकै कारण उच्च अदालतले छाडेको तर्क दिँदै उनले भने, ‘यो मुद्दामा प्रतिवादीहरूलाई थुन्नै पर्ने कारण छैन । थुन्नका लागि कारण चाहिन्छ । जेलमै राख्नुपर्ने कुनै कारण छैन । उनीहरूलाई छाड्दा राज्यको केही घाटा हुँदैन । थुन्ने पनि न्यायका लागि हो र छाड्ने पनि न्यायका लागि हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु