२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाबुरामको नजरमा राजनीतिक दल- राप्रपाको चर्चा गर्न चाहेनन्, रास्वपा ‘राइट-अफ सेन्टर’

२०८०, २५ जेष्ठ बिहीबार ०८:१८

जेठ २५, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको पुरानो पार्टी नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक धारका पार्टी भएको निष्कर्ष निकालेका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी’ भने पनि यसको मूल चरित्र पुँजीवादी उदारवादी लोकतान्त्रिक भएको बताए।

उनले अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनकै कडीका रूपमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी’का विभिन्न चिराहरू विभाजित भएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय छन्। विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले मार्क्सवाद–लेनिनवाद’ र केहीले माओवाद/विचार’लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त, जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त र जनवाद’बाट वैज्ञानिक समाजवाद’ हुँदै साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभीष्ट मान्दछन्।’

भनाइ र गराइ तथा बाटो र लक्ष्यको अन्तर्विरोधले भएका लामो समयसम्म टिक्न नसकेको उनको बुझाइ छ। बेलैमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी’रूपमा लामो समय अघि बढ्न कठिन रहेको उल्लेख गरेका छन्।

उनले राजतन्त्र र हिन्दूराज्यको पुनर्स्थापनालाई मुख्य मुद्दा बनाउने राप्रपा पुनरुत्थानवादी धारको भएकाले चर्चा गर्न आवश्यक नभएको उनको भनाइ छ।

मधेसी, आदिवासी जनजाति, थारू आदि हिजोदेखि वञ्चितीकरणमा परेका जातिरक्षेत्रको पहिचान र अधिकारको मुद्दा केन्द्रित राजनीति गर्ने मधेशकेन्द्रित दल पनि लामो समय नटिक्न दाबी गरेका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो निर्वाचनमै राष्ट्रिय पार्टी र चौथो ठूलो पार्टीको हैसियत प्राप्त गरेपनि संवैधानिक समाजवाद, योग्यता र कर्मशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्यक्ष लोकतन्त्र आदि विषयलाई आफ्नो दर्शन र प्रतिबद्धता’ बनाएको उल्लेख गर्दै पार्टीको वैचारिक धार अझै प्रस्ट नभएको बताएका छन्। अनौपचारिक कुराकानीमा ‘राइट–अफ सेन्टर’ ९मध्य दक्षिण० धारको भन्ने गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु