Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलाई दीपकको कटाक्ष : भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

२०८०, २५ जेष्ठ बिहीबार १२:१३

जेठ २५, काठमाडौँ | अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा गर्माएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् ।

ग्रेटर नेपालको नक्सा सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरीले बालेन र अन्य नेतालाई कटाक्ष गरेका छन् । समसामायिक मुद्दामा चासो राख्ने उनी लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।

समय र सन्दर्भ हेर्दा गिरीको यो कटाक्ष बालेनतर्फ सोझिएको देखिन्छ । उनले नामै नखुलाए पनि यो अभिव्यक्ति त्यतै सोझिएको बुझ्न कठिन छैन । तर ‘छक्कापञ्जा’ फेम्ड निर्माता तथा अभिनेता निर्मल शर्मा भने ग्रेटर नेपालको नक्सा झुण्डाउने मेयर शाहको पक्षमा उभिएका छन् ।

उनी लेख्छन्, ‘ नेताहरुमा कमसेकम काठमाडौंका मेयर बालेन शाह जत्तिको बोल्ड, निष्ठावान्, निडर, दूरदर्शी, देशप्रेम अनि परिणाममुखी क्षमता चाहिं भइदिए हुन्थ्यो नि ।’ फिल्म निर्देशक मनोज पण्डितले त १८ वर्षअघिको आफ्नो बहुचर्चित डकुमेन्ट्री फिल्म ‘ग्रेटर नेपाल’को दोस्रो अध्याय ‘ग्रेटर नेपाल : अस्तित्वको संघर्ष’ ल्याउने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ