१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको प्रक्रिया अघि बढाएका छौँ: उपप्रधानमन्त्री निधि

१२ आश्विन २०७३, बुधबार ०९:१२

असोज १२, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति नभई कुनैपनि निर्वाचन गर्न सकिन्न भने बोध सरकारलाई रहेको बताएका छन् । 

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले भने–“राजनीतिक सहमति कायम गर्न संविधान संशोधनको लागि गृहकार्य र प्रक्रिया अघि बढाएका छौँ ।” 

संविधान संशोधनसँगै निर्वाचन कानुनको तयारी तीव्रगतिमा भइरहेको बताउदै उपप्रधानमन्त्री निधिले निर्वाचन हुन्छ भन्नेमा कसैले शङ्का नगर्न आग्रह गरे । 

सबै विषय राजनीतिक सहमतिकै आधारमा टुङ्गोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले भने–“राजनीतिक दलका बीचमा संवाद र सहमति गरेर अघि बढ्ने सिलसिलामा बीचको बाटो अपनाएर इलाकालाई स्थानीयका रुपमा राख्ने विषय अघि बढाइएको हो ।” 

गृहमन्त्रीले भने– “हाल कायम रहेका नगरपालिकाको संरचनालाई कायमै राखेर इलाकालाई स्थानीय तहका रुपमा अघि बढाउने सरकारले निर्णय गरेको हो ।” 

उनले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनामा परेपछि भइरहेको खोजतलास तथा हिजो धादिङको मार्पाकमा भएको अर्को यात्रुबाहक बस दुर्घटनाबारे जानकारी दिए । 

समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, प्रदेश सभा सदस्य निर्वाचन विधेयक, स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्ने विधेयकलगायत सबै तहको निर्वाचनका लागि अत्यावश्यक विधेयक तर्जुमा र तयारीका सम्बन्धमा सरकार र निर्वाचन आयोगसँग जानकारी लिन आज बैठक राखेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल