२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर भयो : विष्णु पौडेल

२०८०, २८ जेष्ठ आईतवार ०७:२५

जेठ २८, काठमाडौँ | नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको उनले बताए । 

पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराए । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको बताए । 

सांसद पौडेलले भने– ‘यसरी सिद्धान्त र प्राथमिकतासँग, नीति कार्यक्रमसँग बजेट अन्तरसम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने धर्म निर्वाह किन गर्नुपर्‍यो । यो बजेटले मुलुकको अर्थतन्त्रलाई चिन्न पनि सकेको छैन र मुलुकको निम्ति कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान समस्या समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ । अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गर्न समाधानका उपायहरू अघि सार्न सकेको छैन ।’

बजेटले नेपालको अहिलेको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसकेको, पुँजी बजार अगाडि बढाउने, अर्थतन्त्रलाई अगाडि बढाउनेतर्फ बजेट केन्द्रित नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु