Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिटीको सफलतापछि बढेको ग्वार्डिओलाको उचाइ

२०८०, २८ जेष्ठ आईतवार ११:०२

जेठ २८, काठमाडौँ | शनिबार राति इन्टर मिलानलाई हराएर म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रशिक्षक पेप ग्वार्डिओला सिजनको ट्रेवल (तीन ठूला प्रतियोगिता) उपाधि दुईपल्ट जित्ने इतिहासकै एकमात्र प्रशिक्षक बनेका छन् ।

ग्वार्डिओलाले सन् २००९ मा बार्सिलोनाका लागि प्रतिष्ठित लिग उपाधि, घरेलु कप र युरोपकै ठूलो उपाधि जितेका थिए । ग्वार्डिओला र उनका खेलाडीहरु यो उपलब्धी हासिल गर्ने दशौं टिम बनेका छन् ।

उनी अबका दिनमा एक महान फुटबल प्रशिक्षकका रुपमा कहलिनेछन् । अहिलेसम्म १७ वटा मुख्य प्रतियोगिताको उपाधिले मात्र होइन ग्वार्डिओलाले फुटबललाई नै परिवर्तन गराएका छन् ।

पेप ग्वार्डिओला यति विशेष बन्नुको प्रमुख कारण भनेको उनी निपूर्णताका लागि विशेष महत्व दिन्छन् । भलै त्यसको आवश्यकता नहुन सक्छ । उनको टिम यसै पनि जितको हकदार हुन्छ तर, उनी शतप्रतिशत योगदानका लागि प्रयास गरिरहन्छन् ।

फ्रान्स, आर्सनल र बार्सिलोनाका पूर्व फरवार्ड थिएरी हेनरीले ग्वार्डिओलालाई अहिलेसम्मका महान प्रशिक्षक भनेका छन् । अरु पनि त्यस्तै मान्छन् ।

म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डिन्होका अनुसार खेलका क्रममा खेलाडीको भूमिका र जिम्मेवारी सम्झाउन ग्वार्डिओला माहिर छन् । ‘म अहिले जसरी फुटबल हेर्छु, उनीसँग भेट्नुभन्दा अगाडि कहिल्यै त्यसरी हेरेको थिइनँ,’ फर्नान्डिन्हो भन्छन् ।

सन् २०११ मा म्यानचेस्टर युनाइटेडलाई हराएर बार्सिलोनाबाट पछिल्लो च्याम्पियन्स लिग उपाधि जित्दाका मिडफिल्डर जाभियर मास्केरानाका अनुसार सो खेल त्यस्तै भयो, जस्तो ग्वार्डिओलाले आफ्नो खेलाडीलाई सम्झाएका थिए ।

सिटीका इल्के गुण्डोगानले ग्वार्डिओलालाई खेलको अन्तर्य बुझ्न सक्ने र कल्पनाशील अवस्थालाई पनि बसमा पार्नसक्ने क्षमता भएको व्यक्तिका रुपमा चित्रित गर्छन् । स्वर्गीय योहान क्रुफका अनुसार सन् २००८ मा बार्सिलोनाको जिम्मेवारी सम्हालेयता नै ग्वार्डिओला फुटबललाई सुधार गर्न चाहन्थे । आफ्नो टिमलाई अर्को स्तरमा लैजान चाहन्थे । अर्जेन्टिनाका पूर्व प्रशिक्षक जर्ज साम्पाओलीले उनलाई फुटबलमा अहिलेसम्मकै सर्बाधिक कल्पनाशील प्रशिक्षक हुन् ।

ग्वार्डिओला टिमलाई गतिशील बनाइरहन्छन् । आफ्नो मापदण्डमा पर्न नसक्ने खेलाडीप्रति निर्मम बन्छन् । उनको स्तरमा मेल खाने खेलाडीले धेरै वर्षसम्म आफ्ना समकालीनभन्दा अगाडि रहेर खेल्न सक्छन् ।

सन् २००८ मा पहिलोपल्ट ग्वार्डिओलाको दर्शकबारे ज्ञान पाएका तत्कालीन गोलरक्षक भिक्टर भाल्डेस भन्छन्, ‘ग्वार्डिओलासँग मेरो पहिलो कुराकानी अहिले पनि याद छ । उनी नोउ क्याम्पमा आफ्नो कार्यकक्षमा थिए । त्यहीँ गोलपोष्टको नजिकै दुई चुम्बक रहेको रणनीति बोर्ड थियो । उनले मलाई सोधे– ‘ती दुई खेलाडी को को हुन थाहा छ ?’

उनैले थपे, ‘ती तिम्रा सेन्टर ब्याकहरु हुन्’, मलाई ग्वार्डिओलाले के भन्न खोज्दैछन् भनेर पत्तो पाउन कठिन भइरहेको थियो, ‘जव तिमीसँग बल हुन्छ म त्यस्तै चाहन्छु । मलाई लागेको थियो यी पागल हुन् ।’

‘त्यसपछि उनले मलाई भने, तिमीले उनीहरुलाई नै बल पास गर्ने हो । त्यहीँबाट खेलको निर्माण गर्ने हो’, त्यतिबेलासम्म मैले उनलाई पागल बनाइसकेको थिएँ, थोरबहुत पागल त म आफैँ पनि थिएँ । आफूसँग तालमेलको महशुस भएपछि मैले जवाफ दिएँ, ‘बल त्यसरी दिने हो भने डिफेण्डरहरु पनि उत्तिकै बलियो हुनुपर्छ ।’

ग्वार्डिओलाले जवाफ दिए, ‘चिन्ता नगर, त्यो मेरो काम हो । कस्ता डिफेण्डर चाहिन्छ म निश्चित गर्छु ।’

त्यसपछि एक नयाँ विश्वको ढोका खुल्यो ।

त्यसपछि अहिलेसम्म प्रशिक्षण सत्रको माध्यमबाट खेलाडीलाई त्यही गर्न तयार गरिनेछ जो उसका लागि आवश्यक छ ।

फुटबल सडकका गल्लीहरुबाट उदाएको खेल हो । जहाँ हरेक खेलाडीले आफ्नो व्यक्तिगत पहलबाट सुरु गरेको हुन्छ । तर, बिस्तारै एक संगठित समूहको प्रक्रिया बन्छ । ग्वार्डिओलाले धेरै अघिदेखि भन्दै आएका छन्, ‘खेलाडीहरु नै हुन् जो जितको वास्तविक हकदार हुन्छन् ।’

त्यसको अर्थ यो होइन कि खेलाडीहरु उनको निर्देशनविना पनि जितको हकदार हुन्छन् ।

म्यानचेस्टर सिटी टिम उनकै कलाको सबैभन्दा उत्कृष्ट नमूना हो । ११ खेलाडीमध्ये एक एकको विचार र जिम्मेवारीका लागि काम गर्नु एउटा प्रशिक्षकका लागि धेरै ठूलो चुनौति हो ।

उनलाई कुनै कुराको कमी पनि छैन । जे चाहेका छन् क्लब व्यवस्थापनले सबै मिलाइदिएको छ । विगतमा बायर्न म्युनिख र बार्सिलोनामा जब उनलाई त्यसभन्दा बढी गर्न सकिन्न भन्ने लाग्यो तत्कालै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ