Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कञ्चनपुरमा क्रिकेट मैदान निर्माण हुँदै

२०८०, २९ जेष्ठ सोमबार ०८:४४

जेठ २९, काठमाडौँ | महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो । 

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि बढेको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । “यसअघि पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ निर्माण गरिएको थियो”, उहाँले भन्नुभयो । 

कर्भडहलभित्र क्रिकेट मैदान निर्माण हुने स्थलमा खेलकुद विकास समितिले माछा पोखरीका लागि भाडामा दिएकाले उक्त पोखरीमा माटो भर्ने काम भइरहेको अध्यक्ष चन्दले बताउनुभयो । कभर्डहल निर्माणका क्रममा योजनाभन्दा बाहिर गएर धेरै संरचना बनेकाले क्रिकेट मैदान बनाउन समस्या भइरहेको उहाँले बताउनुभयो । 

“मैदान निर्माणका लागि दुई वर्षअघि रू एक करोड रकम आए पनि माटो भरान बाहेक अरु काम अघि बढ्न सकेको छैन”, अध्यक्ष चन्दले भन्नुभयो, “क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले मैदान निर्माणका लागि आएको रकम पोखरी भर्न खर्च भएको हो ।”

क्रिकेटका खेलाडी नरेश जोशीले भन्नुभयो, “यहाँ क्रिकेटको क्रेज भए पनि पूर्वाधार विकासमा सरोकारवाला निकायको चासो देखिँदैन ।” उहाँले अहिले पनि राष्ट्रिय टोलीमा कञ्चनपुरका दुई जना खेलाडी रहेको बताउँदै यहाँ क्रिकेट खेलाडीका लागि मैदान आवश्यक रहेकाले क्रिकेट मैदान समयमा नै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम अघि बढेको बताउनुभयो । “मैदान निर्माणका लागि रू ५० लाख बजेट आएको छ”, उहाँले भन्नुभयो, “उपभोक्ता समिति गठन भएर अहिले निर्माण सुरु गरेका छौँ ।” 

यहाँ क्रिकेटका लागि मैदानका साथै अन्य भौतिक संरचना बनाउने योजना रहेपनि प्राथमिकताका साथ काम अघि बढ्न नसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । गतवर्ष मैदान निर्माणका लागि आएको रू ७५ लाख रकम फ्रिज भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ