Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खाणको बचाउमा बार अध्यक्षको जिकिर- उहाँलाई फसाउनकै लागि प्रहरीले नक्कली प्रमाण खडा गर्‍यो

२०८०, ३१ जेष्ठ बुधबार ०८:१४

जेठ ३१, काठमाडौँ | नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई फसाउनकै लागि प्रहरीले आफैं प्रमाण खडा गरेको जिकिर गरेका छन् ।

खाणको पक्षमा बहस गर्दै घिमिरेले प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाणको नाम जबरजस्ती पोल्न लगाइएको जिकिर गरेका छन् ।

केशव दुलालले खाणलाई गृहमन्त्रालयमा पुगेर बुझाएको भनिएको १ करोड २४ लाखको पनि कुनै प्रमाण नभएको उनको दाबी छ । दुलाललाई प्रहरी हिरासतमा जबर्जस्ती बयान गर्न लगाइएपनि पछि इन्कारी बयान दिएको घिमिरेको भनाइ थियो ।


उनले भने, ‘प्रहरीले खाणविरुद्ध प्रमाण आफैँ बनाएर फसाएको छ । केशव दुलालले १ करोड २४ लाख गृहमन्त्रालयमा लगेर बुझाएको प्रहरीलाई बयान दिएका थिए । अहिले उनले इन्कारी बयान दिएका छन् । जबर्जस्ती कसैले बोलेको भरमा कुनै प्रमाण नै नपुगी फसाउन पाइन्छ ? केशव दुलालले गृहमन्त्रालय पुगेर पैसा दिएको भनिएको छ । उनी कुन बेला मन्त्रालय छिरेका थिए ? कुन झोला बोकेर हिँडेका थिए ? कति बेला निस्के ? कुन गाडीमा गएका थिए ? भन्ने कुरा राख्नुपर्दैन । कसैले भनेका आधारमा थुन्न पाइन्छ ?’

यस्तै उनले टेकनारायण पाण्डेलाई पनि प्रहरीले दबाबमा राख्दै पटकपटक बयान गर्न लगाएर खाणको नाम मुछ्न लगाइएको आरोप लगाए ।

घिमिरे सरकारी वकिलमाथि खनिएका छन् । उनले भने, ‘प्रहरीले गरेको अनुसन्धन ठीक छ कि छैन भनेर सरकारी वकिलले हेरेन पूरै आँखा चिम्लेको छ । मान्छे फसाउनकै लागि प्रहरीको घेराभित्र बयान गर्न लगाइएको छ । सरकारी वकिलले राम्रोसँग काम नगरेको कारण प्रहरीका धेरै अनुसन्धान विवादित छन् ।’

पुरानो सरकारले गरेका नीतिगत निर्णयहरू कार्यान्वयन गरेर खाणले कुन अपराध गरे ? भन्दै घिमिरेले इजलासमा प्रश्न गरेका छन् ।

उनले भने, ‘बालकृष्ण खाणले कुन अपराध गरे ? अघिल्लो सरकारले गरेका नीतिगत निर्णय मात्रै अगाडि बढाएका हुन् । अघिल्लो सरकारको कामलाई निरन्तरता दिनु चाँही जिम्मेवारी हो । २०७५ साल मंसिर २ गते निर्णय भएको रहेछ । २०७६ साउन २ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल हुँदा समिति बनेको रहेछ । पछि त्यही कामलाई खाणले २०७९ सालमा निरन्तरता दिइएको छ । त्यो पनि ठोस राय दिनका लागि भनेर । अघिल्लो सरकारले गरेको कामलाई अगाडि बढाउँदा कहाँनेर अपराध भयो ?’

उनले बालकृष्ण खाणको साथबाट बरामद गरिएको भनिएको कागज पनि प्रहरीले नक्कली खडा गरेको आरोप लगाए ।

उनले भने, ‘कागजमा कसैको हस्ताक्षर छैन । खाण आफैंले पनि स्वीकार गरेका छैनन् । कहाँबाट बरामद गरेको भन्ने पनि छैन । त्यस्तो चिजलाई सरकारी वकिलले प्रमाणको रुपमा लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ