२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजेट नपरेपछि गोकुल बास्कोटाले अर्थमन्त्रीलाई सोधे–यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?

२०८०, ५ असार मंगलवार ११:०९

असार ५,काठमाडौँ | काभ्रेमा बजेट नपरेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै सांसद बास्कोटाले हुँदै नभएको वडामा पनि बजेट छुट्याएको बताएका छन् । उनले पनौती नगरपालिकामा १२ वडा रहेको भन्दै १३ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरे । उनले पनौती नगरपालिकामा १४ नम्बर र १५ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरेका छन् । 

बास्कोटाले भने,‘दुईवटा गाउँपालिका जहाँ बजेट छुट्याउनुभएको छ, काभ्रेमा पर्दैन । बजेट गजबले छुट्याउनुभएको छ । कल्ले दियो त्यो चिर्कटो ? गजब लाग्यो । त्यसो हुँदा मैले सोध्नुपर्ने भयो प्रकाश सपुतलाई सम्झिएर, त्यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ? कल्ले किन्दियो ? तिरमिरायो, हेर्‍यो । राज्यले हिजो लगानी गरेको छ अव जुवा खेल्ने हो ? के ग्यामलर हो सरकार ? म सोध्छु किनभने नगरकोट हिगुवापाटी गैरीबिसौना पिच हुन ठिक्क पर्यो नाँप जाँच गर्न पठाइदिनुस् भनेको हिजो भौतिकबाट सहरीमा ल्याउनुभयो । यतापट्टी के हाल्नुभयो, १० लाख रुपैयाँ हाल्नुभयो । १९ किलोमिटर छ । म सोध्छु–मेरो झोकले ? म त्यहाँबाट प्रतिनिधित्व गर्छु । ठिकै छ त त्यहाँका कांग्रेसहरु हिड्छन् कि हिँड्दैनन् ? त्यहाँका कांग्रेसका निम्ति, त्यहाँका माओवादीका निम्ति, त्यहाँका समाजवादीका निम्ति, त्यहाँ रास्वपा छ भने उनीहरूलाई हिँड्नका निम्ति सरकारले अर्कै बाटो बनाउँछ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने