१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजेट नपरेपछि गोकुल बास्कोटाले अर्थमन्त्रीलाई सोधे–यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?

५ असार २०८०, मंगलवार ११:०९

असार ५,काठमाडौँ | काभ्रेमा बजेट नपरेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै सांसद बास्कोटाले हुँदै नभएको वडामा पनि बजेट छुट्याएको बताएका छन् । उनले पनौती नगरपालिकामा १२ वडा रहेको भन्दै १३ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरे । उनले पनौती नगरपालिकामा १४ नम्बर र १५ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरेका छन् । 

बास्कोटाले भने,‘दुईवटा गाउँपालिका जहाँ बजेट छुट्याउनुभएको छ, काभ्रेमा पर्दैन । बजेट गजबले छुट्याउनुभएको छ । कल्ले दियो त्यो चिर्कटो ? गजब लाग्यो । त्यसो हुँदा मैले सोध्नुपर्ने भयो प्रकाश सपुतलाई सम्झिएर, त्यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ? कल्ले किन्दियो ? तिरमिरायो, हेर्‍यो । राज्यले हिजो लगानी गरेको छ अव जुवा खेल्ने हो ? के ग्यामलर हो सरकार ? म सोध्छु किनभने नगरकोट हिगुवापाटी गैरीबिसौना पिच हुन ठिक्क पर्यो नाँप जाँच गर्न पठाइदिनुस् भनेको हिजो भौतिकबाट सहरीमा ल्याउनुभयो । यतापट्टी के हाल्नुभयो, १० लाख रुपैयाँ हाल्नुभयो । १९ किलोमिटर छ । म सोध्छु–मेरो झोकले ? म त्यहाँबाट प्रतिनिधित्व गर्छु । ठिकै छ त त्यहाँका कांग्रेसहरु हिड्छन् कि हिँड्दैनन् ? त्यहाँका कांग्रेसका निम्ति, त्यहाँका माओवादीका निम्ति, त्यहाँका समाजवादीका निम्ति, त्यहाँ रास्वपा छ भने उनीहरूलाई हिँड्नका निम्ति सरकारले अर्कै बाटो बनाउँछ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट