Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगे परराष्ट्रमन्त्री एनपी साउद

२०८०, ८ असार शुक्रबार ०५:४०

असार ८, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । कारागार स्रोतका अनुसार खाण पुर्पक्ष चलान भएको एक सातापछि भेट्न गएका मन्त्री साउदले करिब १० मिनेट जति संवाद गरेका थिए । पार्टी राजनीतिमा खाण र साउद समकालिन नेता हुन् ।

खाण २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए भने उनको उत्ताधिकारीका रुपमा साउद नेविसंघको नेतृत्वमा पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट खाण र साउद पार्टी संगठनमा राम्रो होल्ड भएका नेता हुन् । 

शरणार्थी प्रकरणमा फसेपछि खाणको लिगेसी के हुन्छ भन्ने कांग्रेसभित्र बहस भइरहेका बेला मन्त्री साउद भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।

बिहीबार मन्त्री साउदका साथै कांग्रेस सहमहामन्त्रीद्वय महेन्द्र यादव र भिष्मराज आङ्डेम्बे पनि खाणलाई भेट्न सुन्धारा पुगेका थिए । उनीहरुले छुट्टाछुट्टै खाणलाई भेटेको कारागार स्रोतले जनाएको छ ।

उनीहरुसँग पार्टी र मुलुकको राजनीतिबारे खाणले चासो राखेका थिए । भेटमा पुर्वपक्षका लागि थुनामा रहेका खाणले आफूमाथिको आरोप झुट्टो भएको बताएका थिए । जेलको बसाइबारे नेताहरुले खाणलाई सोधेका थिए । जवाफमा खाणले सबै राम्रै रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ