२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिवेशन संगै एमाले दाङको बिबाद मिल्यो, कार्यकर्ता उत्साहित

१३ आश्विन २०७३, बिहीबार ०९:२७

नेकपा एमाले दाङको अध्यक्षमा खड्का निर्विरोध निर्वाचित

सन्तोषकुमार गुप्ता । असोज १३ दाङ । नेकपा एमाले दाङको अध्यक्षमा टीकाराम खड्का निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न १२ औं अधिवेसनले खड्कालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा हुकुमबहादुर बस्नेत, सचिवमा हिराचन्द्र केसी र उप–सचिवमा सुरामणि बेल्वासे निर्वाचित भएका छन् ।

जिल्ला कमिटिको सदस्यमा ११ औं अधिवेशनबाट निर्वाचित सम्पूर्ण सदस्यहरुलाई जिल्ला कमिटीमा सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनको प्रतिनिधि विवाद भइरहेको समयमा नेताहरु बसेर सहमति गरेका थिए । बिहीबार निर्वाचित जिल्ला कमिटीको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरिने जनाइएको छ ।

अधिवेशनको बन्द शत्रमा राजनितिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पास भएको छ । एमाले जारी बन्द शत्रमा प्रतिनिधिका सम्बन्धमा केही समस्या आउन खोजे पनि जिल्ला नेतृत्व बसेर यसलाई मिलाए पछि बन्दसत्रले सर्वसम्मत दुपै प्रतिवेदन पास गरेको हो ।

नेकपा एमाले दाङका अध्यक्ष जोगबहादुर रानाले राजनितिक प्रतिवेदन प्रस्तुत गरेका थिए  भने  एमाले नेता केशव न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एमालेको १२ औँ जिल्ला अधिवेशन संगै चरम उत्सर्गमा पुगेको बिबाद मिलेको छ ।

अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन संगै बिबाद मिलेको अगुवा नेताहरुले बताएका छन् । यस अघि जिल्ला अध्यक्ष जोगबहादुर राना र सचिव हुकुमबहादुर बस्नेत समूह बीच लामो समय सम्म बिबाद हुँदा जिल्ला अधिवेशन अन्योलमा पर्नुका साथै कार्यकर्ताहरुमा निरास छाएको थियो ।

१२ जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरे संगै बिबाद मिले पछि एमाले कार्यकर्ताहरु समेत उत्साहित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव